default_image

5 years ago

September 3, 2020

क्यानले मुख्य प्रशिक्षकसहित ५ पदमा आवेदन माग्यो

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक सहित आवश्यक पाँच पदको लागि खुल्ला आवेदन मागेको छ ।

क्यानले विहिबार एक राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन निकाल्दै मुख्य प्रशिक्षक, महाप्रबन्ध, वित्त प्रमुख, क्रिकेट ब्यवस्थापक र स्थानिय (लोकल) प्रशिक्षकको लागि आवेदन माग गरेको छ । मुख्य प्रशिक्षकको लागि कम्तिमा लेभल ३ गरेको हुनुपर्ने छ ।

तीन वर्ष प्रशिक्षकमा अनुभव भएको हुनुपर्ने माग गरेको छ । जसमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) पूर्ण सदस्य, प्रथम श्रेणी, आइसिसी एसोसिएट सदस्य वा अन्तर्राष्ट्रिय लिगमा काम गरेको हुनुपर्ने छ । क्रिकेटकै वरपर रहिरहेको र ओडिआई टोलीलाई सम्हाल्न सक्ने क्षमता ज्ञान आवश्यक पर्ने जनाएको छ ।

६० वर्ष भन्दा कम उमेर हुनुपर्ने छ । नेपाली क्रिकेटबारे जानकारी भएको हुनुपर्ने छ । भाषामा अंग्रेजी बोल्न र लेख्न सक्ने हुनुपर्ने छ । क्यानले आफ्नो नीति र योग्यता अनुसार प्रशिक्षक छनोट गर्ने छ ।

महाप्रबन्धकको लागि शैक्षिक योग्यता मास्टर डिग्री गरेको हुनुपर्ने छ । कम्तिामा दुई वर्ष २ वर्ष नेतृत्व पदमा रहेर काम गरेको हुनुपर्ने हुन्छ । नेपाली ५५ वर्ष उमेर ननाघेको हुनुपर्ने छ । क्यानले वित्त प्रबन्धकको लागि कम्तिमा पाँच वर्ष एकाउन्टिङ फाइनान्समा म्यानेजरमा काम गर्नु पर्ने हुन्छ । शैक्षिक योग्यता बिजनेश, फाइनान्स वा एकाउन्टमा मास्टर डिग्री गरेको हुनुपर्ने हुन्छ । उमेर नेपाली ५५ वर्ष ननाघेको हुनुपर्ने हुन्छ ।

क्यानले ७ प्रदेशको लागि ७ स्थानीय प्रशिक्षकको पनि माग गरेको छ । कम्तिमा लेभल वान गरेको हुनुपर्ने छ । क्यानको निर्देशनमा प्रदेश र जिल्लामा जान इच्छुक हुनुपर्ने हुन्छ । युवा प्रतिभालाई चिन्न सक्ने क्षमता स्थानिय प्रशिक्षकमा हुनुपर्ने हुन्छ । नेपाली २५ वर्षदेखि ५५ वर्ष उमेरका ब्यक्तिले आवेदन दिन सक्ने छन् ।

क्रिकेट व्यवस्थापकका लागि क्यानले लेभल टु गरेको हुनुपर्ने जनाएको छ । ब्यवस्थापनमा मास्टर डिग्री गरेको हुनुपर्ने छ । कम्तिमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्ने हुन्छ । नेपाली ५५ वर्ष उमेर ननाघेको हुनुपर्ने छ ।

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

March 9, 2025

दीपेन्द्रको ७ विकेटमा कर्णालीको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णालीले आइतवार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे […]

Success

Thank you for your time.