5 years ago
September 2, 2020
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर तथा पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ टि२० आई विश्व वरीयतामा स्थान सुधार गरेका छन् ।
आइसिसीले कोरोना महामरीको कारण अन्तर्राष्ट्रिय खेल नहुँदा फागुनपछि पहिलो पटक सार्वजनिक गरेको नयाँ टि२० वरीयतामा पारसले ब्याटिङतर्फ चार स्थान सुधार गरेका हुन् । यसअघि ब्याटिङतर्फ ७५ औं स्थानमा रहेका पारस नयाँ वरीयतामा ७१ औं स्थानमा उक्लिएका छन् । टि२० आई बलिङतर्फ लेग स्पिनर सन्दीप लामिछाने ७९ औं स्थानमा छन् ।
आइसिसीले अलराउन्डरतर्फ टि२० मा शीर्ष २० खेलाडीको मात्र नाम सार्वजनिक गरेको छ । जसमा नेपालका कुनैपनि खेलाडी छैनन् । आइसिसीको टि२० आई नयाँ वरीयतामा नेपालका दुई मात्र खेलाडी शीर्ष एक सयमा अटाएका छन् ।
नयाँ टि२० आई वरीयताको ब्याटिङमा पाकिस्तानका कप्तान बाबर आजम शीर्ष स्थानमा यथावत छन् । भारतीय लोकेश राहुल दोस्रो, अष्ट्रेलियाका कप्तान आरोन फिन्च तेस्रो र न्युजिल्यान्डका कोलिन मुनरो चौथो स्थानमा छन् । टम ब्यान्टन ४३ औं र मोहम्मद हफिज ४४ औं स्थानमा छन् ।
बलिङतर्फ अफगानिस्तानका स्पिनर राशिद खान शीर्ष स्थानमा यथावत छन् । अफगानिस्तानकै मोहम्मद नाबी टि२० वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा छन् । नेपाल ओडिआई वरीयतामा १६ औं स्थानमा छ । टि२० आई वरीयतामा नेपाल १५ औं स्थानमा छ ।
कोरोना महामारीपछि भएको इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन ओडिआई सिरिज मंगलबार सकिएको थियो । उक्त सिरिज १–१ को बराबरीमा सकिएको थियो । उक्त सिरिजसगै आइसिसीले टि२० आई वरीयता मार्च ११ पछि परिवर्तन गरेको हो ।
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णालीले आइतवार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे […]