default_image

5 years ago

September 2, 2020

मलिङ्गाले आइपिएल नखेल्ने

124 views

0 Bookmark

एजेन्सी – मुम्बई इन्डियन्सका प्रमुख तीव्र गतिका बलर लासिथ मलिङ्गाले सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) गुमाउने भएका छन् ।

श्रीलंका टि२० का कप्तान समेत रहेका मलिङ्गाले व्यक्तिगत कारणले यस सिजनको आइपिएल नखेल्ने भएका हुन् । मलिङ्गाले नखेल्ने भएपछि मुम्बईले अष्ट्रेलियाका तीव्र गतिका बलर जेम्स प्याटिनसनलाई उनको स्थानमा भित्र्याएको छ । ३० वर्षिय प्याटिनसनले २१ टेष्ट, १५ ओडिआई र ४ टि२० आई खेलेका छन् ।

मलिङ्गाको बुबाको आगमी हप्ता शल्यक्रिया हुन लागेको छ । गतवर्ष मलिङ्गाले मुम्बईलाई चौथो आइपिएल उपाधि दिलाउन अन्तिम ओभरमा उत्कृष्ट प्रर्दशन गरेका थिए । अन्तिम ओभरमा चेन्नई सुपर किंग्सलाई ९ रन चाहिएको अवस्थामा मलिङ्गाले ७ रन दिदै १ रनको रोमाञ्चक जित दिलाएका थिए । मलिङ्गा आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । सन् २००९ देखि आइपिएल खेल्दै आएका मलिङ्गाले १ सय २२ खेलमा कुल १ सय ७० विकेट लिएका छन् ।

मुम्बईमा तीब्र गतिका बलरको रुपमा जस्प्रित बुमराह, धवन कुलकर्णी, ट्रेन्ट बोल्ट, मिचेल म्याक्लेनाघन, नाथन कुल्टर नाइल, अलराउन्डर हार्दिक पान्ड्या र वेस्टइन्डिजका काइरान पोलार्ड छन् । आइपिएल आगमी सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म यूएईमा हुँदै छ । मुम्बई आइपिएलमा सर्वाधिक चार पटक उपाधि जित्ने एक्लो टोली हो ।

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

March 9, 2025

दीपेन्द्रको ७ विकेटमा कर्णालीको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णालीले आइतवार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे […]

Success

Thank you for your time.