default_image

5 years ago

September 2, 2020

लाबुसेन र केरीको उत्कृष्ट शतक

96 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाका विकेटकिपर एलेक्स केरी र युवा ब्याट्सम्यान मार्नस लाबुसेनले अभ्यास टि२० खेलमा उत्कृष्ट शतक प्रहार गरेका छन् ।

इंग्ल्यान्डविरुद्ध समान तीन टि२० आई र ओडिआई सिरिज खेल्नु अघि आरोन फिन्च-११ बाट प्याट कमिन्स-११ विरुद्ध उत्कृष्ट शतक प्रहार गरेका हुन् । यी दुई ब्याट्सम्यानको शतकमा फिन्च-११ ले दोस्रो टि२० अभ्यास खेलमा कमिन्स-११ लाई ३२ रनले पराजित गरेको छ ।

साउथह्याप्टनमा भएको दोस्रो अभ्यास खेलमा पहिला ब्याटिङ गरेको फिन्च-११ ले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २९ रन बनाएको थियो । ओपनर मार्नस लाबुसेनले ५१ बलमा १२ चौका र ३ छक्का सहित १ सय रनको शतकीय इनिङ खेले । लाबुसेनलाई १७ औं ओभरको अन्तिम बलमा स्पिनर एडम जम्पाले एलबिडब्लू आउट गरेका थिए । विकेटकिपर एलेक्स केरीले ६० बलमा १२ चौका र ३ छक्का सहित १ सय ७ रनको शतकीय इनिङ खेले ।

केरीलाई २० औं ओभरको तेस्रो बलमा केन रिचर्ड्सनले मिचेल मार्शबाट क्याच गराए । दोस्रो विकेटका लागि लाबुसेन र केरीले १ सय ८१ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए । कप्तान आरोन फिन्च पहिलो ओभरको पाँचौ बलमा ५ रनमा आउट भएका थिए । ग्लेन म्याक्सवेल १० र युवा विकेटकिपर जोश फिलिपे १ रनमा अविजित रहे । कमिन्स ११ का एस्टन अगर, एडम जम्पा र केन रिचर्ड्सनले एक एक विकेट लिए ।

जितका लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको कमिन्स-११ ले १९.१ ओभरमा १ सय ९७ रनमा अल आउट भएको थियो । कमिन्स-११ का उत्कृष्ट लयमा रहेका ओपनर मार्कस स्टोइनिसले ३७ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै ६८ रनको योगदान दिए । स्टिभ स्मिथले २१ बलमा ५ चौका र २ छक्का सहित ४१ रनमा आउट भए ।

डेविड वार्नर १, एस्टन अगर २६ र एडम जम्पा ६ रनमा आउट भए । स्पिनर नाथन लायनले ४ ओभरमा १ मेडन सहित २९ रन खर्चेर ४ विकेट लिए । ड्यानियल स्याम्सले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । एन्ड्रु टाईले २ र जोश हेजलवुडले १ विकेट लिए । त्यसअघि पहिलो अभ्यास टि२० खेलमा फिन्च ११ ले कमिन्स ११ लाई २३ रनले पराजित गरेको थियो । अष्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध सिरिज खेल्नुअघि तयारीको लागि अभ्यास खेल खेल्दै आएको छ ।

अष्ट्रेलिया र इंग्ल्यान्डबीचको पहिलो टि२० खेल सेप्टेम्बर ४ मा साउथह्याप्टनमा हुने छ । दोस्रो खेल ६ तेस्रो तथा अन्तिम खेल ८ सेप्टेम्बरमा साउथह्याप्टनमै हुने छ । पहिलो ओडिआई खेल ११ सेप्टेम्बरमा म्यानचेस्टरमा हुने छ । दोस्रो खेल १३ सेप्टेम्बर र अन्तिम १६ सेप्टेम्बरमा म्यानचेस्टरमै हुने छ । जसको लागि दुबै टोलीले आफ्नो टोली घोषणा गरि सकेका छन् ।

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

March 9, 2025

दीपेन्द्रको ७ विकेटमा कर्णालीको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णालीले आइतवार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे […]

Success

Thank you for your time.