default_image

5 years ago

September 2, 2020

सन्दीप चम्कँदापनि जमैका पराजित

124 views

0 Bookmark

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली नेल स्पिन सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले चौथो हार बेहोरेको छ ।

जमैका ट्रीनबेगो नाइट राइडर्ससँग १९ रनले पराजित भएको छ । जितका लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको जमैका निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६५ रन बनायो । जमैका आन्द्रे रसेल २३ बलमा ५ चौका र ४ छक्कासहित ५० रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेनन् । कार्लोस ब्रेथवेट १६ बलमा २ चौका र १ छकका सहित २१ रनमा अविजित रहे ।

सुनिल नारायणले पहिलो ओभरको पहिलो बलमै ओपनर चाडविक वाल्टनलाई खाता नखोली क्याच आउट गराउदै पेभेलियन फर्काए । दोस्रो ओभरको चौथो बलमा जर्मेन ब्ल्याकवुड ९ बलमा १२ रन जोड्दै बोल्ड आउट भए । उनलाई खारी पियरेले बोल्ड गरेका थिए । १६ औं ओभरको अन्तिम बलमा कुमा बोनर २६ रनमा आउट भए ।

ग्लेन फिलिप्स ३१ बलमा १ चौका र २ छक्का सहित ४१ रनको योगदान दिए । आसिफ अली ७ र कप्तान रोभमान पवेल २ रनमा आउट भए । राइडर्सका फवाद अहमदले सर्वाधिक २ विकेट लिए । खारी पियरे, अकील हुसेन, सुनिल नारायण र ड्वेन ब्राभोले समान १-१ विकेट लिए ।

त्यसअघि ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको राइडर्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो । नाइट राइडर्सलाई बलियो योगफमा पुर्याउन कोलिन मुनरोले ५४ बलमा १० चौका र १ छक्का सहित ६५ रनको योगदान दिए । कप्तान काइरन पोलार्ड १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३३ रनमा अविजित रहे । चौथो विकेटका लागि मुनरो र पोलार्डले ७३ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफमा पुर्याए ।

राइडर्सलाई ओपनर सुनिल नारायणले ११ बलमा ५ चौका र १ छक्का सहित २९ रन जोड्दै आक्रामक सुरुवात दिलाए । कार्लोस ब्रेथवेटले तेस्रो ओभरको चौथो बलमा विकेटकिपर ग्लेन फिलिप्सबाट नारायणलाई क्याच आउट गराएका थिए । दशौं ओभरको तेस्रो बलमा सन्दीपले अर्का ओपनर लेन्डल सिमन्सलाई २५ रनमा मुजिब उर रहमानबाट क्याच आउट गराए । सिमन्सले २८ बलमा २ छक्का प्रहार गरे ।

मुनरो र सिमन्सले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । तेस्रो विकेटका लागि मुनरोले टिम सिफर्टसँग मिलेर ३३ रन जोडे । सिफर्टलाई फिडेल एडवार्ड्सले १५ औं ओभरको दोस्रो बलमा सन्दीपको हातबाट १८ रनमा समताए । सिफर्टले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । सन्दीपले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । मुजिबले ४ ओभरमा २६ रन खर्चिदा विकेट लिन सकेनन् । फिडेल एडवार्ड्सले ४ ओभरमा ४८ रन खर्चेर १ विकेट लिए । कार्लोस ब्रेथवेटले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए

यस्तो रह्यो सन्दीपको चार ओभर

जमैकाले सन्दीपलाई आठौं ओभरमा बलिङमा ल्याएको थियो । सन्दीपले सुरुवाती दुई बल वेस्टइन्डिजका ओपनर लेन्डल सिमन्सलाई डट राखे । तेस्रो बलमा एक रन दिए । चौथो बमा न्युजिल्यान्डका ओपनर कोलिन मुनरोलाई डट राखे । पाँचौ र छैटौं गुगली बल गर्दै एक एक रन दिए ।

सन्दीपले १० औं ओभरको पहिलो बलमा मुनरोलाई दुई रन खर्चिए । दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा सन्दीपले सिमन्सलाई मुजिब उर रहमानबाट २५ रनमा क्याच आउट गराए । चौथो बलमा सन्दीपले न्युजिल्यान्डका टिम सिफर्टलाई एक रन दिए । पाँचौ बल मुनरोलाई डट राख्दा अन्तिम बलमा इन साइड एज लागेर चौका गएको थियो ।

सन्दीपले १२ औं ओभरको पहिलो, दोस्रो, तेस्रो र चौथो बल लगातार डट राखे । पाँचौ र छैटौं बलमा भने एक एक रन दिए ।
१४ औं ओभरको पहिलो बलमा सिफर्टले सन्दीपको बलमा दुइ रन बटुले । दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बल डट राख्दा चौथो बलमा एक रन दिए । पाँचौ र छैटौं बल डट राखे ।

यो हारसँगै जमैका ७ खेलमा ४ मा हार र ३ मा जित सहित चौथो स्थानमा छ । ७ खेलमा १४ अंक जोडेको राइडर्स शीर्ष स्थानमा रहेको छ ।

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

March 9, 2025

दीपेन्द्रको ७ विकेटमा कर्णालीको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णालीले आइतवार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे […]

Success

Thank you for your time.