default_image

5 years ago

September 1, 2020

जम्पा बेंगलोरमा अनुबन्धित

81 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाका लेग स्पिनर एडम जम्पालाई रोयल च्यालेन्जर्स बेंगलोर यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) को लागि टोलीमा अनुबन्ध गरेको छ ।

अष्ट्रेलियाका तीव्र गतिका बलर केन रिचर्ड्सनले ब्यक्तिगत कारण आइपिएल गुमाउने भएपछि बेंगलोरले जम्पालाई भित्र्याएको हो । हाल जम्पा र रिचर्ड्सन इंग्ल्यान्डविरुद्ध समान तीन ओडिआई र टि२० आई सिरिजको लागि साउथह्याप्टनमा छन् । रिचर्ड्सन पहिलो सन्तानको पिता बन्न लागेको हुँदा आइपिएल नखेल्ने भएका हुन् ।

जम्पाको आगमनले बेंगलोरको स्पिन आक्रामक बलियो बन्ने छ । संयुक्त अरव इमिरेट्स (यूएई) का पिच पनि स्पिनरलाई सहयोगी मानिन्छ । जम्पासँगै बेंगलोरमा स्पिनरको रुपमा भारतीय युजभेन्द्र चहल, वासिन्टन सुन्दर, पवन नेगी र इंग्ल्यान्डका मोईन अली छन् । जम्पा गतवर्ष पुषमा भएको आइपिएल अक्सनमा बिकेका थिएनन् । जम्पाले उक्त अक्सनमा आफ्नो न्युनतम मूल्य १ करोड ५० लाख भारतीय रुपैयाँ तोकेका थिए ।

जम्पाले २०१९-२० को बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट १२ खेलमा २० विकेट लिदै उत्कृष्ट प्रर्दशन गरेका थिए । विराट कोहली कप्तान रहेको बेंगलोर पहिलो पटक उपाधि जित्ने सोचमा छ । अष्ट्रेलिया र इंग्ल्यान्डबीचको टि२० आई र ओडिआई सिरिज सेप्टेम्बर १६ मा सकिने छ ।

आइपिएल उक्त सिरिज सकिएको तीन दिनपछि अर्थात सेप्टेम्बर १९ देखि सुरु हुने छ । जसको कारण इंग्ल्यान्ड भ्रमणमा रहेका बेंगलोरका जम्पासँगै ओपनर आरोन फिन्च र युवा विकेटकिपर जोश फिलिपेले सुरुवाती खेल गुमाउने छन् ।

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

March 9, 2025

दीपेन्द्रको ७ विकेटमा कर्णालीको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णालीले आइतवार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे […]

Success

Thank you for your time.