5 years ago
August 31, 2020
एजेन्सी – अष्ट्रेलियाका स्टार ब्याट्सम्यान ग्लेन म्याक्सवेलले अभ्यास खेलमा उत्कृष्ट शतक प्रहार गरेका छन् ।
साउथह्याप्टनमा भएको आरोन फिन्च ११ विरुद्ध म्याक्सवेलले प्याट कमिन्स ११ बाट एक दिवसिय अभ्यास खेलमा शतक प्रहार गरेका हुन् । कमिन्स ११ ले फिन्च ११ लाई २ विकेटले हराएको छ । जितका लागि २ सय ५० रनको विजयी लक्ष्य पछ्याएको कमिन्स ११ ले ४१.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको थियो ।
कमिन्स ११ को जितमा ग्लेन म्याक्सवेलले १ सय १४ बलमा ११ चौका र २ छक्का सहित १ सय ८ रनको शतकीय इनिङ खेले । म्याक्सवेललाई ३८ औं ओभरको दोस्रो बलमा नाथन लायनले मिचेल स्टार्कबाट क्याच गराए ।
ओपनर मार्कस स्टोइनिसले ७१ बलमा १२ चौका र २ छक्का सहित ८७ रन जोडे । कमिन्स ११ का अन्य स्टिभ स्मिथ ८, एलेक्स केरी १५ र एस्टन अगर ११ रनमा आउट भए । फिन्च ११ का मिचेल स्टार्कले ९ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । नाथन लायनले ९.३ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । राइले मेरिडिथले ७ ओभरमा २ मेडन सहित ३७ रन खर्चिदै २ विकेट लिए ।
त्यसअघि साउथह्याप्टनमा पहिला ब्याटिङ गरेको फिन्च ११ को टोली ४८.४ ओभरमा २ सय ४९ रनमा अल आउट भएको थियो । ओपनर डेभिड वार्नर ३४, मार्नस लाबुसेन २१, आरोन फिन्च ९, मिचेल मार्श १८, ड्यानियल स्याम्स २८ रनमा आउट भए । तल्लोक्रममा एन्ड्रु टाईले ५० बलमा ६ चौका र ३ छक्का सहित ५९ रनको योगदान दिए । मिचेल स्टार्कले ५४ बलमा ६ चौका सहित ४१ रन जोडेका थिए ।
टोलीमा ११ औं खेलाडी नपुग्दा स्याम्सले दुई पटक ब्याटिङ गरेका थिए । स्याम्स पछिल्लो पटक २० रनमा आउट भए । मार्कस स्टोइनिसले ७ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । प्याट कमिन्स र एडम जम्पाले समान २ विकेट लिए । एस्र्टन अगर र जोश हेजलवुडले १–१ विकेट लिए । अष्ट्रेलिया समान तीन ओडिआई र टि२० आई सिरिजको लागि इंग्ल्यान्ड भ्रमणमा एक हप्ता अघि निस्केको थियो ।
अष्ट्रेलिया र इंग्ल्यान्डबीचको पहिलो टि२० खेल सेप्टेम्बर ४, दोस्रो ६ र तेस्रो तथा अन्तिम ८ मा हुने छ । सेप्टेम्बर ११, १३ र १६ मा क्रमश : पहिलो, दोस्रो र तेस्रो तथा अन्तिम ओडिआई खेल हुने छ । टि२० साउथह्याप्टनमा र ओडिआई म्यानचेस्टरमा हुने छ ।
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णालीले आइतवार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे […]