default_image

5 years ago

August 30, 2020

इंग्ल्यान्ड र पाकिस्तानबीच दोस्रो टि२० आज

67 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टि२० आई सिरिज अन्तर्गत दोस्रो खेल आज म्यानचेस्टरमा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ बजेपछि सुरु हुनेछ ।

शुक्रबार राती भएको पहिलो खेल वर्षाको कारण नतिजाबिहिन बनेको थियो । दुवै टोलीलाई सिरिज जित्ने आशा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । पहिलो खेलमा इंग्ल्यान्ड १६.१ ओभरमा १३१–६ को अवस्थामा खेल वर्षाको कारण रोकिन पुगेको थियो । इंग्ल्यान्डका युवा ब्याट्सम्यान तथा ओपनर टम ब्यान्टनले ७१ रनको उत्कृष्ट इनिङ खेलेका थिए । ब्यान्टन दोस्रो खेलमा पनि नायक बन्न सक्छन् ।

इंग्ल्यान्ड कप्तान ओईन मोर्गनसँगै ओपनर जोनी बेयरस्टो र डेविड मलानलाई ठूलो इनिङ खेल्नु पर्ने हुन्छ । पहिलो खेलमा बेयरस्टो २, मलान २३ र मोर्गन १४ रनमा आउट भएका थिए । स्पिनर शादब खान र इमाद वासिमले २–२ विकेट लिएका थिए । पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद आमिर, शाहिन अफ्रिदी र हरिस रउफ विकेट बिहिन बनेका थिए । आजको खेलमा पाकिस्तानले युवा ब्याट्सम्यान हैदर अलीलाई डेब्यु गराउन सक्छ । हैदर आक्रामक ब्याटिङका लागि परिचित छन् ।

इंग्ल्यान्डको ओपनिङ ब्यान्टन र बेयरस्टोले गर्ने छन् । तेस्रोमा डेविड मलान, चौथो मोर्गन र पाँचौ नम्बरमा मोईन अलीले गर्ने छन् । छैटौं नम्बरमा साम विलिंग्सले गर्ने छन् । इंग्ल्यान्डले मध्यगतिका बलर लुईस ग्रेगरीको स्थानमा डेविड विल्लीलाई मैदान उतार्न सक्छ । स्पिनर आदिल राशिदसँगै तीव्र गतिका बलर टम करन, क्रिस जोर्डन, सकिव महुम्मदलाई निरन्तरता दिन सक्छ ।

पाकिस्तानको ओपनिङ फखर जमान र कप्तान बाबर आजमले गर्ने छन् । यी दुवै ओपनरको प्रर्दशन निकै महत्त्वपूर्ण हुनेछ । टि२० आई वरीयताका नम्बर वान ब्याट्सम्यान बाबरबाट ठूलो इनिङको आशा गरिएको छ । तेस्रो नम्बरमा अनुभवी सोएब मलिक र चौथोमा हैदर अलीको सम्भावना छ । हैदरलाई डेब्यु नगराएको खण्डमा मोहम्मद हफिज मैदान उत्रनेछन् ।

पाँचौ नम्बरमा शादब खान र छैटौंमा विकेटकिपर मोहम्मद रिजवानको सम्भावना छ । सातौ नम्बरमा इमादले गर्ने छन् । तीव्र गतिको बलरको रुपमा आमिर, शाहिन अफ्रिदी र वहाब रियाजको सम्भावना छ । पहिलो खेलमा ३ ओभरमा ३२ रन खर्चेका रउफलाई बेन्चमा राख्दै रियाजलाई मौका दिन सक्छ ।

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

March 9, 2025

दीपेन्द्रको ७ विकेटमा कर्णालीको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णालीले आइतवार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे […]

Success

Thank you for your time.