default_image

5 years ago

August 30, 2020

राशिदभन्दा सन्दीप अगाडि

140 views

0 Bookmark

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२० सिजनमा लिग चरणका १८ खेल सकिँदा नेपाली लेग स्पिनर सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्दै उत्कृष्ट प्रर्दशन गरेका छन् ।

ब्रायन लारा स्टेडियम र क्विन्स पार्क ओभल दुवैको पिच सहयोगी हुँदा स्पिनर हाबी बन्दै आएका छन् । अफगानिस्तानका स्टार स्पिनर राशिद खानले भने आशा र अपेक्षा अनुसार प्रर्दशन गर्नसकेका छैनन् । बार्बाडोस ट्राइडेन्ट्सबाट सिपिएल खेलिरहेका राशिदभन्दा सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा सन्दीप अगाडि छन् ।

सन्दीपले ६ खेलमा २४ ओभर बलिङ गर्दै १ सय १६ रन खर्चेर ९ विकेट लिएका छन् । इकोनमी रेट ४.८३ र उत्कृष्ट प्रर्दशन २–८ छ । राशिदले ६ खेलमा २१ ओभर बलिङ गर्दै १ मेडन सहित १ सय ५६ रन खर्चेर ८ विकेट लिएका छन् । इकोनमी रेट ७.४२ र उत्कृष्ट प्रर्दशन २–२४ छ । राशिदको भन्दा सन्दीपको इकोनमी रेट पनि उत्कृष्ट छ ।

सर्वाधिक विकेट लिने सूचिमा जमैका स्पिनर मुजिब उर रहमान छन् । सन्दीपकै टोली जमैकाबाट खेलिरहेका रहमानले ६ खेलमा २४ ओभर बलिङ गर्दै १ मेडन सहित ९३ रन खर्चेर १३ विकेट लिएका छन् । इकोनमी रेट ३.८७ को रहँदा उत्कृष्ट प्रर्दशन ३–११ छ ।

गुयना एमेजन वारियर्सका स्पिनर इमरान ताहिरले ६ खेलमा ११ विकेट लिएका छन् । सेन्ट लुसिया जुक्सका तीव्र गतिका बलर स्कट कुग्गेलेइजनले ६ खेलमा ११ विकेट लिएका छन् । सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसका कप्तान रायद इम्रिटले ६ खेलमा १० विकेट लिएका छन् । जुक्सका स्पिनर मोहम्मद नाबीले ६ खेलमा ९ विकेट लिएका छन् ।

यस्तो छ अंक तालिका

काइरन पोलार्ड कप्तान रहेको ट्रीनबेगो नाइट राइडर्स जारी सिपिएलको एकमात्र अपराजित टोली हो । राइडर्स सुरुवाती ६ खेलमा जित सहित १२ अंक जोड्दै शीर्ष स्थानमा छ । जुक्स ४ मा जित र २ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा छ । जमैका समान ३ मा जित र हार सहित ६ अंक जोड्दै तेस्रो स्थानमा छ ।

बार्बाडोस ४ मा हार र २ मा जित सहित चौथो स्थानमा छ । गुयना पनि ४ हार र २ जित सहित पाँचौ स्थानमा छ । पुछारमा रहेको सेन्ट किट्सले ६ खेलमा ५ मा हार र १ मा जित बेहोरेको छ ।

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

March 9, 2025

दीपेन्द्रको ७ विकेटमा कर्णालीको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णालीले आइतवार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे […]

Success

Thank you for your time.