5 years ago
August 25, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कोभिड १९ को बढ्दो संक्रमणका कारण नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधरण सभा स्थगित भएको छ ।
यसै महिनाका लागि साधारण सभा गर्ने तयारीका रहेको क्यानले कोरोना महामारीका कारण अर्को सुचना नभएसम्मका लागि साधारण सभा स्थगित गरेको क्यानका सचिव अशोकनाथ प्याकुरेले मंंगलबार जारी विज्ञप्तीमा उल्लेख छ ।
गतवर्ष असोज दोस्रो साता क्यानले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । त्यसपछि पहिलो साधारण सभा गर्ने तयारीमा रहेपनि अहिलेको परिस्थितिका कारण सम्भव भएन ।
क्यानको नयाँ कार्यसमिति आएको ११ महिना हुँदा आशा र अपेक्षा अनुसार काम गर्न नसकेको गुनासो सुनिन थालेको छ । निर्वाचनपछि २०७३ मा अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले असोज २७ मा सशर्त क्यानमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो ।
त्यसैले क्यानले पूर्ण रुपमा काम गर्न पाउने वातावरण अझै बनाउन सकेको छैन । जसले गर्दा क्यानले कतिपय महत्वपूर्ण निर्णय लिन सकेको छैन । क्यान आन्तरिक कुरामै अलमलिएको भन्दै आलोचित हुँदै आएको छ ।
कोरोना महामारीको कारण यो वर्ष नेपाली राष्ट्रिय पुरुष र महिला टोली दुबैको अन्तर्राष्ट्रिय खेल हुनेको सम्भावना कम छ ।
March 8, 2025
चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अर्किडको […]
March 8, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]