default_image

5 years ago

August 25, 2020

पाकिस्तानलाई खेल जोगाउन कसरत

92 views

0 Bookmark

एजेन्सी – पाकिस्तान र इंग्ल्यान्डबीचको तेस्रो तथा अन्तिम टेष्ट खेलको चौथो दिन वर्षा र खराब प्रकाशका कारण प्रभावित बन्न पुगेको छ ।

चौथो दिनको समाप्तिमा फलोअनमा परेको पाकिस्तानले दोस्रो इनिङमा ५६ ओभरमा २ विकेट गुमाउँदै १ सय रन जोडेको छ । पाकिस्तान अझै २ सय १० रनले पछि परेको छ । पाकिस्तान पाँचौ दिन पुरै ब्याटिङ गर्दै खेल बराबरी गराउने सोचका साथ मैदान प्रवेश गर्ने छ । इंग्ल्यान्ड भने पाकिस्तानलाई सस्तैमा आउट गर्दै इनिङ अन्तरको जित निकाल्ने रणनीतिमा हुने छ ।

पाकिस्तानका कप्तान अजहर अली ९२ बलमा २ चौका सहित २९ रनमा अबिजित छन् । बाबर आजम १६ बलमा ४ रनमा अविजित छन् । ओपनर शान मसूदलाई स्टुअर्ट ब्रोडले १८ रनमा एलबिडब्लू आउट गरे । मसुदले ६६ बलमा २ चौका प्रहार गरे । अर्का ओपनर आबिद अलीलाई जेम्स एन्डरसनले ४२ रनमा एलबिडब्लू आउट गरे । आबिदले १ सय ६२ बलमा २ चौका प्रहार गरे ।

तेस्रो दिन पाकिस्तान ९३ ओभरमा २ सय ७३ रनमा अल आउट हुँदै फलोअनमा परेको थियो । पाकिस्तानका कप्तान अजहर अली २ सय ७२ बलमा २१ चौका सहित १ सय ४१ रनमा अविजित रहेका थिए ।

छैटौं विकेटका लागि अजहर र विकेटकिपर मोहम्मद रिजवानले १ सय ३८ रनको साझेदारी गर्दै केहि इनिङ उकासेका थिए । रिजवनलाई क्रिस वोक्सले जस बटलरबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । रिजवानले १ सय १३ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

ओपनर शान मसूदलाई ४ रनमा जेम्स एन्डरसनले एलबिडब्लू आउट गरे । एन्डरसनलेनै आबिद अलीलाई १ रनमा डोम सिब्लेबाट क्याच गराए । बाबर आजमलाई एन्डरसनले ११ रनमा एलबिडब्लू आउट गर्दै इंग्ल्यान्डको पकड जमाएका थिए । असाद शफीकलाई एन्डरसनलेनै जो रुटबाट ५ रनमा क्याच आउट गराए ।

फवाद आलम पनि क्रिजमा लामो समय टिक्न सकेनन् । आलमलाई स्पिनर डोम बेसले २१ रनमा बटलरबाट क्याच गराएका थिए । यासिर शाह २०, शाहिन अफ्रिदी ३, मोहम्मद अब्बास एक र नसिम शाह शून्यमा आउट भए ।

इंग्ल्यान्डका अनुभवी तीव्र गतिका बलर जेम्स एन्डरसनले ५ विकेट लिए । उनको टेष्ट करिअरको २९ औं पटक पाँचभन्दा बढि विकेट लिएका हुन् । स्टुअर्ट ब्रोड २, क्रिस वोक्स र डोम बेसले १–१ विकेट लिए ।

त्यसअघि साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले १५४.४ ओभरमा ८ विकेटको क्षतिमा ५ सय ८३ रनमा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । इंग्ल्यान्डका युवा ब्याट्सम्यान ज्याक क्रलीले ३ सय ९३ बलमा ३४ चौका र १ छक्का सहित २ सय ६७ रनको उत्कृष्ट दोहोरो शतकीय इनिङ खेले ।

विकेटकिपर जस बटलरले ३ सय ११ बलमा १३ चौका र २ छक्का सहित १ सय ५२ रनको उत्कृष्ट शतकीय इनिङ खेले । पाँचौ विकेटका लागि बटलर र क्रलीले ३ सय ५९ रनको कीर्तिमानी साझेदारी गरेका थिए । जुन टेष्ट क्रिकेटमा इंग्ल्यान्डबाट पाँचौ विकेटका लागि भएको इतिहासकै सर्वाधिक ठूलो साझेदारीमा पर्दछ । क्रिस वोक्स ४०, स्टुअर्ट १५ रनमा आउट हुँदा डोम बेस २७ रनमा अविजित रहे ।

पाँचौ ओभरको तेस्रो बलमा शाहिन अफ्रिदीले रोरी बन्र्सलाई ६ रनमा शान मसूदबाट क्याच आउट गराए । अर्का ओपनर डोम सिब्लेलाई यासिर शाहले २२ रनमा एलबिडब्लू आउट गरे । कप्तान जो रुटलाई नसिम शाहले २९ रनमा विकेटकिपर मोहम्मद रिजवानको हातबाट क्याच गराए ।

पाकिस्तानका शाहिन अफ्रिदी, यासिर शाह र फवाद आलमले २–२ विकेट लिए । असाद सफीक र नसिम शाहले १–१ विकेट लिए । तीन टेष्ट सिरिजमा इंग्ल्यान्डले १-० को अग्रता लिएको छ । पहिलो टेष्टमा इंग्ल्यान्ड तीन विकेटले विजयी हुँदा दोस्रो टेष्ट बराबरीमा सकिएको थियो ।

March 8, 2025

अर्किडलाई भरतपुर मेयर्स कप क्रिकेटको उपाधि

चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । अर्किडको […]

March 8, 2025

इन्डो- नेपाल टि ट्वान्टी क्रिकेट- थन्डर सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]

March 8, 2025

नेपाल नामिबियासँग पराजित

काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]

Success

Thank you for your time.