9 years ago
August 28, 2016
लन्डन (एजेन्स)– जोय रुट र कप्तान इयोन मोर्गानले अर्धशतक बनाएपछि इङ्ल्यान्डले दोस्रो एकदिवसिय क्रिकेटमा पाकिस्तानलाई ४ विकेटले हराउँदै पाँच खेलको श्रृखंलामा २–० को अग्रता लिएको छ ।
रुटले ८९ र मोर्गानले ६८ रन बनाएपछि २ सय ५२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ४७.३ ओभरमा ६ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो । जसका कारण पाकिस्तानका सरफराज अहमदले खेलजीवनकै उत्कृष्ट १ सय ५ रन बनाएपछि त्यो छायाँमा परेको थियो ।
रुटले मोर्गानसँग १ सय १२ र बेन स्टोक्स (४२) सँग ५६ रनको साझेदारी गर्दै टोलीलाइई जितको बलियो आधार दिलाएका थिए । १ सय ८ बल खेलेका रुटले ५ चौका प्रहार गरे । ८० बल खेल्दै मोर्गानले ९ चौका हाने । स्टोक्सले मात्र ३० बलमा ६ चौका र १ छक्का प्हार गरेका थिए । मोइन अलिले २१ रन जोडे ।
पाकिस्तानका इमाद वसिमले २ तथा मोहम्मद आमिर, हसन अलि र वाहव रियाजले समान १ विकेट लिए ।
त्यसअघि अहमदले एक दिवसिय क्रिकेटमा दोस्रो शतक बनाएपछि पाकिस्तानले १ बलअघि अलआउट हुँदै २ सय ५१ रन बनाएको थियो । पाकिस्तानले पहिलो चार ओभरमा मात्र २ रन बनाएको थियो । अहमद बाहेक अहमद वासिमले (६३) बाबर अजम (३०), सोहेब मलिक (२८) ले मात्र दोहोरो आकडामा रन बनाउन सकेका थिए । इङ्ल्यान्डका क्रिस वाकेस र मार्क उडले समान ३ विकेट लिएका थिए । लियाम प्लुङकेटले २ तथा अदिल रसिदले १ विकेट लिए । तेस्रो एक दिवसिय मंगलबार हुनेछ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]