default_image

5 years ago

August 23, 2020

क्रली र बटलर सामु पाकिस्तान निरिह

65 views

0 Bookmark

एजेन्सी– युवा ब्याट्सम्यान ज्याक क्रलीको दोहोरो र विकेटकिपर जस बटलरको उत्कृष्ट शतकसँगै पाकिस्तानविरुद्ध तेस्रो तथा अन्तिम टेष्ट खेलमा इंग्ल्यान्डले विशाल अग्रता लिएको छ ।

दोस्रो दिनको समाप्तिमा इंग्ल्यान्ड ५ सय ५९ रनको विशाल अग्रता कायम गरेको छ । पहिलो इनिङमा पाकिस्तान १०.५ ओभरमा २४–३ अवस्थामा छ । कप्तान अजहर अली ४ रनमा अविजित छन् । ओपनर शान मसूदलाई ४ रनमा जेम्स एन्डरसनले एलबिडब्लू आउट गरे । एन्डरसनलेनै आबिद अलीलाई १ रनमा डोम सिब्लेबाट क्याच गराए । बाबर आजमलाई एन्डरसनले ११ रनमा एलबिडब्लू आउट गरेपछि पाकिस्तान दबाबमा परेको छ ।

त्यसअघि साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले १५४.४ ओभरमा ८ विकेटको क्षतिमा ५ सय ८३ रनमा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । इंग्ल्यान्डका युवा ब्याट्सम्यान ज्याक क्रलीले ३ सय ९३ बलमा ३४ चौका र १ छक्का सहित २ सय ६७ रनको उत्कृष्ट दोहोरो शतकीय इनिङ खेले । उनलाई असाद शफीकले विकेटकिपर मोहम्मद रिजवानबाट स्टम्पिङ आउट गरेपछि तेहेरो शतक बनाउन चुकेका थिए । क्रलीको यो पहिलो दोहोरो शतक हो ।

विकेटकिपर जस बटलरले ३ सय ११ बलमा १३ चौका र २ छक्का सहित १ सय ५२ रनको उत्कृष्ट शतकीय इनिङ खेले । उनको यो करिअरको उत्कृष्ट प्रर्दशन र दोस्रो टेष्ट शतक हो । बटलरलाई फवाद आलमले क्याच एण्ड बोल्ड आउट गरेका थिए । पाँचौ विकेटका लागि बटलर र क्रलीले ३ सय ५९ रनको कीर्तिमानी साझेदारी गरेका थिए । जुन टेष्ट क्रिकेटमा इंग्ल्यान्डबाट पाँचौ विकेटका लागि भएको इतिहासकै सर्वाधिक ठूलो साझेदारीमा पर्दछ । क्रिस वोक्स ४०, स्टुअर्ट १५ रनमा आउट हुँदा डोम बेस २७ रनमा अविजित रहे ।

पाँचौ ओभरको तेस्रो बलमा शाहिन अफ्रिदीले रोरी बन्र्सलाई ६ रनमा शान मसूदबाट क्याच आउट गराए । अर्का ओपनर डोम सिब्लेलाई यासिर शाहले २२ रनमा एलबिडब्लू आउट गरे । कप्तान जो रुटलाई नसिम शाहले २९ रनमा विकेटकिपर मोहम्मद रिजवानको हातबाट क्याच गराए । रुटले ५१ बलमा ३ चौका प्रहार गरे । ओली पोपलाई यासिर शाहले ३ रनमा बोल्ड आउट गरे ।

पाकिस्तानका शाहिन अफ्रिदी, यासिर शाह र फवाद आलमले २–२ विकेट लिए । असाद सफीक र नसिम शाहले १–१ विकेट लिए । तीन टेष्ट सिरिजमा इंग्ल्यान्डले १-० को अग्रता लिएको छ । पहिलो टेष्टमा इंग्ल्यान्ड तीन विकेटले विजयी हुँदा दोस्रो टेष्ट बराबरीमा सकिएको थियो ।

March 8, 2025

अर्किडलाई भरतपुर मेयर्स कप क्रिकेटको उपाधि

चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । अर्किडको […]

March 8, 2025

इन्डो- नेपाल टि ट्वान्टी क्रिकेट- थन्डर सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]

March 8, 2025

नेपाल नामिबियासँग पराजित

काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]

Success

Thank you for your time.