9 years ago
August 27, 2016
फ्लोरिडा (एजेन्सी)– वेस्ट इन्डिजविरुद्धको पहिलो ट्वान्टी–२० क्रिकेटमा जितका लागि भारतलाई अन्तिम बलमा २ रन बनाउनु पर्ने थियो । तर, ड्वान ब्राभोको बलमा मार्लोन सामुइल्सबाट कप्तान महेन्द्रसिंह धोनी क्याचआउट भएपछि रोमाञ्चक खेलमा भारत १ रनको झिनोअन्तरले पराजित भएको छ ।
अमेरिकामा दुई ट्वान्टी –२० क्रिकेट श्रृखंलाको पहिलो खेलको स्कोर झन्डै एक दिवसिय स्कोरको बनेको थियो । भारतले टस जितेर वेस्ट इन्डिजलाई पहिलो ब्याटिङको निमन्त्रणा दियो । मौकाको पूर्ण सदुपयोग गर्दै वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर २ सय ४५ रन बनायो । जवाफमा लोकेश राहुलको शतकीय पारीका वावजुद भारतले ४ विकेटको क्षेतिमा २ सय ४४ रन जोड्यो ।
राहुल १ सय १० रनमा अविजित रहे भने कप्तान धोनी ४३ रनमा आउट भएका थिए । ओपनर रोहित शर्माले अर्धशतक बनाएपनि विराट कोहली १६ र अजिन्के रहानेले ७ रन बनाए । रोहितले २८ बलमा ४ छक्का र त्यत्तिनै छक्का प्रहार गरे । राहुलले ५१ बलमा १२ चौका र ५ छक्का प्रहार गरे । धोनीले २५ बल खेल्दै २ छक्का र त्यत्तिनै चौका बनाए । बाभ्रोले धोनीको महत्वपूर्णसहित २ विकेट लिए । आन्द्रे रसेल केरोन पोलार्डले समान १ विकेट लिए ।
त्यसअघि ओपनर जोन्सन चाल्र्स र इभिन लेविसको विस्फोटक ब्याटिङले वेस्ट इन्डिजलाई ठूलो स्कोरतर्फ अघि बढाएको थियो । लेविसले शतक र चाल्र्सले अर्ध शतक पुरा गरे । २० बलमा अर्धशतक बनाएका चाल्र्सले ७ छक्का र ६ चौकामा ७९ रन बनाए । चाल्र्ससँग पहिलो विकेटका लागि १ सय २६ रनको साझेदारी गरेका लेविसले ४९ बलमा ९ छक्का र ५ चौकाका साथ १ सय रन बनाए । रसेल र पोलार्डले समान १३ र कार्लोस बर्थवेटीले १४ रन बनाए ।
भारतका जसप्रित बुमराह र रविन्द्र जडेजाले समान २ विकेट तथा मोहम्मद सामीले १ विकेट लिए । दोस्रो खेल आइतबार हुनेछ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]