5 years ago
August 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष टोलीका २१ खेलाडी सहित कुल ५१ जनाको कोरोना विमा गरेको छ ।
क्यानले शनिबार प्रेस विज्ञप्तिमा ५१ जनाको विमा गरिएको भनेपनि विस्तृत विवरण भने खुलाएको भने छैन । क्यान निकट स्रोतका अनुसार राष्ट्रिय पुरुष खेलाडी २१ जना, प्रशिक्षक जगट टमटा, फिजियो बिक्रम न्यौपाने, भिडियो एनालिष्ट रमन शिवाकोटी, क्यानका पाँच, मुलपानी र टीयु मैदानमा २२ कर्मचारी गरि ५१ कोरोना विमा गरेको हो ।
कुन कुन खेलाडीको विमा गरेको भन्ने क्यानका सचिव अशोकनाथ प्याकुरेलले भन्न नसक्ने बताए । उनले आइतबार कार्यालय गएपछि लिष्ट हेरेपछि मात्र जानकारी दिने बताए । क्यानले एक वर्षको लुम्बिनी इन्सुरेन्समार्फत विमा गरेको हो । तर क्यानले पुरुष खेलाडीको बिमा गर्दा महिला खेलाडीको भने गरेको छैन ।
‘अहिले पुरुषको मात्र विमा हुन्छ महिला खेलाडीको हुँदैन । तत्काल महिला टोलीको कुनै अन्तर्राष्ट्रिय खेल छैन । महिला टोलीको तत्काल खेल हुने सम्भावना पनि छैन । अहिले महिला खेलाडीलाई अभ्यासमा आउनुपर्ने र बाहिर निस्कनु पर्ने पनि छैन । आवश्यकता हेरेर पछि दोस्रो चरणमा महिला खेलाडीहरुको पनि विमा गर्न सकिन्छ’, प्याकुरेलले शुक्रबार हाम्रो खेलकुदसँग भने । प्याकुरेलका अनुसार सहज अवस्था हुँदा वितिक्कै पुरुष टोली प्रशिक्षणमा आउनु पर्ने हुँदा उनीहरुको विमा गराइएको हो ।
राष्ट्रिय क्रिकेट महिला टोलीकी कप्तान रुविना क्षेत्रीले सेवा सुविधाको कुरामा महिला र पुरुष दुवैलाई समान व्यवहार गर्नुपर्ने बताइन् । ‘दुबैलाई बराबर हुनुपर्ने हो । हामीले पनि १० वर्षदेखि क्रिकेटमै बिताउँदै आएका छौं । नेपालकै लागि खेलका छौं । अरु संघले खेलाडीलाई राहत बाडि रहेको छन् । कसैले विमा गरेका छन् । आशा गरौँ क्यानले पनि चाडै कदम चाल्नेछ’, रुविनाले भनिन् । घरबाट आफूलाई क्रिकेट छोड्न दबाब दिन थालेको समेत रुविना बताउँछिन् ।
उपकप्तान सीता राना मगरले महिला र पुरुष दुवैले नेपालको लागि प्रतिनिधित्व गर्ने बताउँछिन् । ‘क्यान हाम्रो अभिभावक हो । यो त हेला गरेजस्तै भयो । हामीहरु खेलाडी भएको महत्त्व नै भएन । यसले मनोवलमा ठूलो असर पार्छ’, सीताले भनिन् । त्यस्तै महिला टोलीकी प्रमुख खेलाडी तथा अलराउन्डर इन्दु बर्माले महिला र पुरुष टोलीमा भिन्नता गर्नै नहुने बताउँछिन् ।
महिला क्रिकेट टोलीले सिमित स्रोत, साधन, सेवा, सुविधाकाबीच नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सफलता दिलाउन कडा मिहिनेत र प्रयास गर्दै आएका छन् । महिला टोलीलाई राम्रोसँग लगानीका साथ अगाडि बढ्ने हो भने पुरुष टोली भन्दा पहिलानै धेरै माथि जाने क्रिकेट विज्ञहरु बताउँदै आएका छन् । तर महिला टोलीमाथि क्यान कतिसम्म जिम्मेवार छ भन्ने विमाबाटै थाहा हुन्छ ।
क्यानले राष्ट्रिय पुरुष टोलीलाई तीन ग्रेडमा विभाजन गरि ए लाई ३५ हजार, बी लाई २५ हजार र सी लाई १५ हजार मासिक पारिश्रमिक (तलब) दिँदै आएको छ । महिला टोलीले भने पाउँदैनन् । पहिलो पटक महिला टोलीलाई पनि तलब दिने घोषणा गरेको क्यानले ६ महिना बित्दासम्म खेलाडीको नाम र ग्रेड सार्वजनिक गर्न सकेको छैन ।
तत्काल महिला र पुरुष दुवैको कुनै अन्तर्राष्ट्रिय खेल छैन । भदौ एक गते देखि राष्ट्रिय पुरुष टोलीको बन्द प्रशिक्षण गर्ने भनेपनि तत्काल कुनै खेल नभएको भन्दै क्यानले साउन २२ मा असोजसम्मको लागि स्थगित गरेको थियो । अन्तर्राष्ट्रिय तालिका अनुसार पुरुष टोलीको आगमी डिसेम्बरमा बंगलादेशमा एसिया टिम्स एसिया कप खेल्ने छ । कोरोना महामारीको कारण उक्त प्रतियोगिता हुने निश्चित छैन । आगमी पाँच महिना सम्म नेपालको कुनै खेल नभएको केहि समय अघि प्याकुरेलले नै बताएका थिए ।
पछिल्लो पटक गतवर्ष मंसिरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टोलीले खेलेको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हो । उक्त सागमा माल्दिभ्यसलाई हराउँदै महिला टोलीले ऐतिहासिक कास्य पदक जितेका थिए ।
विश्व कोरोना महामारीविरुद्ध लडिरहँदा त्यसको मारबाट खेलकुद क्षेत्र पनि अछुतो छैन । नेपाली खेलकुद र क्रिकेट पनि समस्यामा छ । यो कठिन समयमा नेपालमा खेल सुचारु हुने सम्भावना देखिदैन । क्यानले कम्तिमा पनि राष्ट्रिय महिला र पुरुष खेलाडीको अवस्था बुझेर आवश्यक कदम चाल्नुपर्ने थियो । यसपछि उमेर समूह साथै प्रदेशमा रहेका खेलाडीहरुको अवस्था बुझि कठिन अवस्था तथा दैनिक जीवन चलाउन गाह्रो भएका खेलाडीलाई सक्दो आर्थिक सहयोग र पहल गर्नुपर्ने हो ।
तर आन्तरिक किचलोमा रुमलिएको क्यानको ध्यान यसतर्फ गएको छैन । कठिन समयमा साथ, सहयोग, हौसला, समान व्यवहार नगर्ने हो भने महिला खेलाडीले क्यान हुनु र नहुनुमा खासै फरक अनुभुती गर्न पाउने छैनन् ।
March 8, 2025
चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अर्किडको […]
March 8, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]