5 years ago
August 22, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को आठौं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले गुयाना एमेजन वारियर्सविरुद्ध खेल्दैछ ।
खेल नेपाली समय अनुसार शनिबार मध्यरात १२ बजेपछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ । दुवै टोलीले सुरुवाती २ खेलमा समान १ मा जित र हार बेहोरेका छन् । गुयाना पहिलो खेलमा ट्रीनबेगो नाइट राइडर्ससँग ४ विकेटले पराजित हुँदा दोस्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्र्स लाई ३ विकेटले हराएको थियो । यता जमैकाले पहिलो खेलमा सेन्ट लुसिया जुक्सलाई ५ विकेटले हराएपनि राइडर्ससँग ७ विकेटले पराजित भएको थियो ।
गुयानाका युवा ब्याट्सम्यान शिम्रन हेटमायर राम्रो लयमा छन् । हेटमायरले राइडर्सविरुद्ध ६३ र सेन्ट किट्सविरुद्ध ७१ रनको अर्ध शतकीय इनिङ खेलेका थिए । हेटमायरलाई छोड्दा ब्रान्डम किंग, निकोलस पूरन र रस टेलर जस्ता स्टार ब्याट्सम्यान गुयानामा छन् । स्पिनर इमरान ताहिर पनि गुयनाका प्रमुख हतियार हुन् ।
सन्दीप सम्मिलित जमैकाले दोस्रो खेलमा ब्याटिङमा कमजोर प्रर्दशन गरेको थियो । ओपनर ग्लेन फिलिप्सले राइडर्सविरुद्ध ५८ र सेन्ट लुसियाविरुद्ध ४४ रन जोडेका थिए । पहिलो खेलमा आसिफ अलीले लुसियाविरुद्ध ४७ रन बनाएका थिए । ओपनर चाडविक वाल्टन पहिलो खेलमा २ र दोस्रो खेलमा शून्यमा आउट भएका थिए । वाल्टनलाई ठूलो इनिङ खेल्न आवश्यक छ ।
अर्कोतर्फ आन्द्रे रसेलबाट पनि सोचे अनुसार प्रर्दशन हुन सकेको छैन । रसेल पहिलो खेलमा १६ र दोस्रो खेलमा २५ रनमा आउट भएका थिए । रसेलले तल्लोक्रममा आक्रामक ब्याटिङ गर्न आवश्यक देखिन्छ ।
सन्दीपले दुई खेलमा दुई विकेट लिएका छन् । पहिलो खेलमा लुसियाविरुद्ध ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिएका थिए । राइडर्सविरुद्ध ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिएका थिए । सन्दीपबाट उत्कृष्ट प्रर्दशनको आशा गरिएको छ ।
हेड टु हेडमा जमैका भन्दा गुयाना अघि छ । यी दुई टोलीले सिपिएलमा कुल १९ खेल खेलेका छन् । गुयानाले ११ खेलमा जित्दा ७ खेलमा पराजित भएको छ । एउटा खेल वर्षाको कारण रद्ध भएको थियो । गतवर्ष दुबै खेलमा गुयाना विजयी भएको थियो ।
March 8, 2025
चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अर्किडको […]
March 8, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]