5 years ago
August 22, 2020
एजेन्सी – युवा ब्याट्सम्यान ज्याक क्रलीले उत्कृष्ट शतक प्रहार गरेपछि पाकिस्तानविरुद्ध तेस्रो तथा अन्तिम टेष्ट खेलमा इंग्ल्यान्डले बलियो योगफल बनाएको छ ।
साउथह्याप्टनमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले पहिलो दिनको समाप्तिमा ९० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ३२ रन बनाएको छ । इंग्ल्यान्डका २२ वर्षिय युवा ब्याट्सम्यान ज्याक क्रली २ सय ६९ बलमा १९ चौका सहित १ सय ७१ रनमा अविजित छन् । उनको यो टेष्ट करिअरको पहिलो शतक हो । क्रलीलाई विकेटकिपर जस बटलरले राम्रो साथ दिएका छन् । बटलर १ सय ४८ बलमा ९ चौका र २ छक्का सहित ८७ रनमा अविजित छन् ।
पछिल्लो समय ठूलो इनिङ खेल्न नसकेको भन्दै आलोचित बटलरले आफ्नो टेष्ट करिअरको दोस्रो शतक पूरा गर्न १३ रन बाँकी छ । क्रली र बटलरले पाँचौ विकेटका लागि पहिलो दिन ३ सय ९ बलमा २ सय ५ रनको दोहोरो शतकीय अविजित साझेदारी गरेपछि इंग्ल्यान्ड विशाल योगफलतर्फ बढेको छ ।
इंग्ल्यान्डको सुरुवात भने राम्रो हुन सकेन । पाँचौ ओभरको तेस्रो बलमा शाहिन अफ्रिदीले रोरी बन्र्सलाई ६ रनमा शान मसूदबाट क्याच आउट गराए । अर्का ओपनर डोम सिब्लेलाई यासिर शाहले २२ रनमा एलबिडब्लू आउट गरे । कप्तान जो रुटलाई नसिम शाहले २९ रनमा विकेटकिपर मोहम्मद रिजवानको हातबाट क्याच गराए । रुटले ५१ बलमा ३ चौका प्रहार गरे ।
ओली पोपलाई यासिर शाहले ३ रनमा बोल्ड आउट गर्दा इंग्ल्यान्ड ३९ ओभरमा १२७–४ को कम्जोर अवस्थामा पुगेको थियो । पाकिस्तानका यासिर शाहले २, शाहिन अफ्रिदी र नसिम शाहले १–१ विकेट लिए ।
पहिलो टेष्टमा इंग्ल्यान्ड तीन विकेटले विजयी हुँदा दोस्रो टेष्ट बराबरीमा सकिएको थियो । इंग्ल्यान्ड १० वर्षपछि पाकिस्तानविरुद्ध टेष्ट सिरिज जित्ने सोचमा छ । पाकिस्तान भने अन्तिम खेल जित्दै सिरिज बराबरीमा सकाउन चाहन्छ ।
March 8, 2025
चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अर्किडको […]
March 8, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]