default_image

5 years ago

August 25, 2020

चेन्नईले आइपिएल उपाधि जित्ने पाँच आधार

108 views

0 Bookmark

एजेन्सी – चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) को सर्वाधिक सफल फ्रेन्चाइज टोली हो । आइपिएल आगमी सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म यूएईमा हुँदैछ ।

सबै फ्रेन्चाइज टोलीले तयारीमा लागिसकेका छन् । चेन्नई खेलेका कुल १० संस्करण मध्य ८ पटक फाइनलमा पुगेको छ । तीन पटक उपाधि जितेको छ । महेन्द्रसिंह धोनीको कप्तानमा रहेको चेन्नई हालसम्म लिग चरणबाटै बाहिरिएको छैन । आइपिएलमा लिग चरणबाटै नबाहिरिने चेन्नई एक मात्र टोली हो ।

चेन्नई सन् २००९ मा दक्षिण अफ्रिकामा भएको आइपिएलमा सेमिफाइनलबाट बाहिरिएको थियो । सन् २०१४ मा भारत र यूएईमा भएको आइपिएलमा तेस्रो स्थानमा रहेको थियो । यी बाहेक अन्य सबै संस्करणमा फाइनलमा पुगेको छ । चेन्नई २०१६ र २०१७ मा भने प्रतिबन्धमा परेको थियो । चेन्नईले सन् २०१०, २०११ र २०१८ मा उपाधि जितेको थियो ।

चेन्नईलाई बुढा खेलाडीको टोली पनि भन्ने गर्दछन् । आइपिएल २०२० मा हेर्ने हो भने चेन्नईका प्रमुख खेलाडी राष्ट्रिय टोलीबाट सन्न्यास लिएका छन् । तर चेन्नईलाई च्याम्पियन बनाउन भने सक्षम देखिन्छन् । विगत हेर्दा पनि चेन्नईमा तुलनात्मक रुपमा अन्य टोलीभन्दा उमेरले पाका खेलाडी बढि थिए । ती खेलाडीले प्रर्दशन पनि उच्च गरेका थिए । यी पाँच कारण चेन्नईले आइपिएल २०२० को उपाधि जित्न सक्छ ।

५. अलराउन्डरको बाहुल्यता

चेन्नईमा ७ भन्दा बढि अलराउन्डर छन् । भारतीय वर्तमान क्रिकेटका रविन्द्र जडेजा, केदार जाधव, हरभजन सिंह, इंग्ल्यान्डका युवा स्टार साम करन, अष्ट्रेलियाका शेन वाटसन, वेस्टइन्डिजका ड्वेन ब्राभो, न्युजिल्यान्डका मिचेल सान्टनार जस्ता विश्व प्रसिद्ध अलराउन्डर छन् । यी सबैले ब्याट र बल दुवैबाट जित पक्का गर्न सक्छन् । त्यस्तै सुरेश रैना पार्टटाइम स्पिनरको रुपमा परिचित छन् ।

सबै खेलमा आफ्नो प्रमुख ब्याट्सम्यान र बलर चल्छन् भन्ने हुँदैन । त्यस अवस्थामा जितको लागिवा टोलीलाई हारबाट बचाउन सक्ने अर्को विकल्प अलराउन्डर खेलाडी हुन् । अन्य टोलीको तुलनामा चेन्नईसँग धेरै अलराउन्डर छन् । एकले खराब प्रर्दशन गर्दा अर्को राम्रो विकल्प छ । अन्य टोलीमा खराब प्रर्दशन गरे पनि एकै अलराउन्डरलाई खेलाउनु पर्ने सम्मको बाध्यता छ ।

चेन्नईमा अलराउन्डरमा जसले मौका पाउँछ उसले अर्को खेलमा आफ्नो स्थान सुरक्षित गर्न उत्कृष्ट प्रर्दशन गर्न हर प्रयास गर्ने छ । जसको फाइदा नजितामा पर्छ । चेन्नई अलराउन्डर खेलाडीको प्रर्दशनकै सहयोगमा यस सिजनमा च्याम्पियन बन्न सक्छ ।

४. सन्तुलित टोली

चेन्नईको टोली सन्तुलित छ । अन्य फ्रेन्चाइज टोली जस्तो कसैको ब्याटिङ र कुनैको बलिङ बलियो देखिदैन । वाटसन, रायडु, फाफ डु प्लेसिस, मुरली विजयी, सुरेश रैना शीर्षक्रमका ब्याट्सम्यान हुन् । धोनीसँगै, साम करन, जडेजा, सान्टनारले राम्रो ब्याटिङ गर्ने गर्दछन् ।

तीव्र गतिको बलिङमा भारतीय टोलीका टि२० स्पेलिष्ट दिपक चहरसँगै सार्दुल ठाकुर, अष्ट्रेलियाका जोश हेजलवुडज, दक्षिण अफ्रिका लुन्गी एन्गिडी जस्ता चर्चित खेलाडी छन् । डेथ ओभर स्पेलिष्ट ब्राभो चेन्नईमा छन् । मध्य गतिमा वाटसनले पनि बलिङ गर्ने गर्दछन् ।

तीव्र गतिमा करनले पनि उत्कृष्ट गर्ने गर्दछन् । करनले गतवर्ष किंग्स इलेभेन पञ्जावबाट दिल्ली क्यापिटल्सविरुद्ध ह्याटिक लिएका थिए । स्पिनरमा गतवर्ष आइपिएलमा सर्वाधिक विकेट लिने इमरान ताहिरसँगै, रहभजन, जडेजा, सान्टनार छन् ।

३. बलियो स्पिन आक्रामण

यूएईको मैदान तुलनात्मक रुपमा स्पिनर उपयोगि मानिन्छन् । जसको लाभ चेन्नईले बढि उठाउने छ । गतवर्ष ताहिरले १७ खेलमा २६ विकेट लिदै शीर्षस्थानमा रहेका थिए । ताहिरले निरन्तर फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । ताहिरसँगै जडेजा, जाधव, हरभजन सिंह, पियुष चवला, रैना, सान्टनार स्पिनरको रुपमा छन् ।

यसअघि जस्तो अवे मैदानको बेफाइदा भोग्ने छैन । आठ टोलीले तीन मैदानमा प्रतिस्पर्धा गर्ने छन् । चेन्नईसँग स्पिनमा एकले खराब प्रर्दशन गर्दा अर्को राम्रो विकल्प छ । जसले स्पिनरहरुले उच्च प्रर्दशन गर्दै उपाधि यात्रा सहज बनाउन सक्छन् ।

२. अनुभवी खेलाडीको बाहुल्यता

प्लेअफ र फाइनलमा टोलीमाथि बढि दबाब हुने गर्दछ । दबाबमा जुन टोलीका खेलाडीले राम्रो प्रर्दशन गर्न सक्छन् उहीनै च्याम्पियन बन्छ । जसले गर्दा टोलीमा अनुभवी खेलाडीको आवश्यक पर्दछ । चेन्नईसँग विश्वकप च्याम्पियन अनुभवी खेलाडी छन् । धोनी, वाटसन, रैना र ब्राभो विश्वकप च्याम्पियन हुन् । यी चारलाई छाड्दा ताहिर, जडेजा, फाफ डु प्लेसिस लगायत धेरै अनुभवी खेलाडी छन् । जसले कठिन समयमा आफ्नो अनुभवको फाइदा उठाउन सक्छन् ।

अर्कोतर्फ कोरोनाको कारण धेरै खेलाडी पाँच छ महिना देखि अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । अभ्यास गर्न पाएका छैनन् । जसले गर्दा प्रर्दशनमा पनि त्यति धेरै फरक पर्ने छैन । अष्ट्रेलिया र इंग्ल्यान्डबीचको सेप्टेम्बरमा हुने सिरिजको कारण धेरै खेलाडीले सुरुवाती खेल गुमाउन सक्ने सम्भावना छ ।

चेन्नईमा साम करन बाहेक अन्यले खेल गुमाउने सम्भावना छैन । करन इंग्ल्यान्डको सीमित ओभरको खेलमा पर्ने नपर्ने पनि निश्चित छैन । विदेशी सबै खेलाडी पुरै सिजनको लागि उपलब्ध हुने छन् । जसको फाइदा चेन्नईलाई पुग्ने छ ।

१. धोनीको उत्कृष्ट कप्तानी

चेन्नई उपाधिको प्रमुख दाबेदार हुनुमा धोनीको कप्तानी हो । कुनै पनि टोलीमा स्टार र क्षमता भएका खेलाडी भएर मात्र च्याम्पियन बन्न सक्दैन । च्याम्पियन बन्नको लागि उत्कृष्ट क्षमता भएको कप्तान आवश्यक पर्दछ । कप्तानले युवा र खेलाडीको क्षमतालाई चिन्न सक्नुपर्छ । कप्तानले लिने निर्णयको कारण हार नजिक पुगेको टोली जित र जित नजिक पुगेको टोलीले हारेका विश्व क्रिकेटमा धेरै घटना छन् ।

भारतलाई आइसिसीका तीनै उपाधि जिताउँदै इतिहास रचेका धोनीले चेन्नईलाई तीनपटक उपाधि दिलाएका छन् । धोनीले विपक्षी खेलाडीको कम्जोरी र मैदानको अवस्था चाडैनै बुझ्छन् । जसले गर्दा पनि चेन्नईलाई धेरै फाइदा हुने छ ।

कुल धोनी आफूसँग जे जस्ता खेलाडी छन् त्यसैलाईनै मिलाउँदै उत्कृष्ट बनाउन रुचाउछन् । धोनीले खेलाडीको क्षमता अनुसारकै भूमिका दिने गर्दछन् । धोनीले आइपिएल खेलेका १२ संस्करण मध्य ९ पटक फाइनल खेलेका छन् । अर्कोतर्फ धोनीले खेलाडी दबाबमा परेको बेला बोलाएर राम्रो सुझाब दिन्छन् ।

उत्कृष्ट फिनिसर धोनी आफ्नो विकेटकिपर मार्फत पनि टोलीको जित दिलाउन सक्ने क्षमता राख्छन् । अर्कोतर्फ धोनीलाई यस सिजनमा कुनै दबाब छैन । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका धोनी विना दबाब खेल्ने हुँदा उत्कृष्ट प्रर्दशन गर्न सक्छन् । महान् कप्तान धोनीको उत्कृष्ट कप्तानी र प्रर्दशनमा चेन्नई चौथो पटक च्याम्पियन बन्न सक्छ ।

March 8, 2025

अर्किडलाई भरतपुर मेयर्स कप क्रिकेटको उपाधि

चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । अर्किडको […]

March 8, 2025

इन्डो- नेपाल टि ट्वान्टी क्रिकेट- थन्डर सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]

March 8, 2025

नेपाल नामिबियासँग पराजित

काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]

Success

Thank you for your time.