5 years ago
August 20, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को छैटौं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले ट्रीनबेगो नाइट राइडर्सविरुद्ध खेल्दै छ ।
खेल नेपाली समय अनुसार शुक्रबार विहान ३ः१५ देखि ब्रायन लारा स्टेडियममा हुने छ । दुवै टोली लगातार दोस्रो जितको खोजिमा हुने छन् । पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा राइडर्सले गुयाना एमेजन वारियर्सलाई ४ विकेटले पराजित गरेको थियो ।
जमैकालाई पहिलो जित दिलाउन ओपनर ओपनर ग्लेन फिलिप्सले ४४ र आसिफ अलीले ४७ रनको योगदान दिएका थिए । यता नाइट राइडर्सको पहिलो जितमा सुनिल नारायणले आक्रामक ५० रन बनाउनुको साथै २ विकेट लिएका थिए । सन्दीपले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिएका थिए ।
काइरान पोलार्डको कप्तानीमा रहेको राइडर्समा सिकन्दर राजा, नारायाण, ड्वेन ब्राभो जस्ता अलराउन्डर रहेका छन् । टिम सिफर्ट र कोलिन मुनरो जस्ता चर्चित ब्याट्सम्यान छन् । उपाधिको प्रमुख दाबेदार राइडर्स र तलावाजबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
यता पहिलो खेलमा आन्द्रे रसेल १६ रनमा आउट भएका थिए । आन्द्रे रसेलबाट टोलीले ठूलो इनिङको आशा राख्ने छ । टोलीमा अन्य परिवर्तनको भने सम्भावना कम छ । पहिलो खेलकै टोलीलाई निरन्तरता दिने सम्भावना छ ।
यी दुई टोलीबीच सिपिएलमा १६ खेल भएको छ । जसमा जमैका ९ खेलमा विजयी हुँदा ७ खेलमा पराजित भएको छ ।
March 8, 2025
चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अर्किडको […]
March 8, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]