5 years ago
August 20, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) सिजन २०२० को लागि फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्सले दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्टजेलाई अनुबन्ध गरेको छ ।
आइपिएल सुरुहुन एक महिना बाँकी रहँदा दिल्लीले इंग्ल्यान्डका तीव्र गतिका बलर क्रिस वोक्सको स्थानमा नोर्टजेलाई टोलीमा अनुबन्ध गरेको हो । वोक्सले टेष्ट क्रिकेटमा बढि ध्यान दिने भन्दै आफ्नो नाम फिर्ता लिएका थिए ।
२६ वर्षिय नोर्टजेले दक्षिण अफ्रिकाबाट ६ टेष्ट, ७ ओडिआई र ३ टि२० आई खेलेका छन् । टेष्टमा १९, ओडिआईमा १४ र टि२० आईमा २ विकेट लिएका छन् । सन् २०१९ मा टेष्ट र टि२० आईमा भारतविरुद्ध तथा ओडिआईमा श्रीलंकाविरुद्ध डेब्यु गरेका थिए ।
नोर्टजेको आगमनले दिल्लीको तीब्र गतिको बलिङ युनिट बलियो बन्ने छ । दिल्लीमा दक्षिण अफ्रिका दुई तीव्र गतिका बलर भएका छन् । कागिसो रबाडा दिल्लीका प्रमुख बलरको रुपमा खेल्दै आएका छन् । नोर्टजेलाई गत सिजनमा कोलकाता नाइट राइडर्सले न्युनतम मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । तर कुममा चोटका कारण खेल्न पाएनन् ।
सन्दीपलाई कसरी घाटा ?
नोर्टजेको आगमनले लेग स्पिनर सन्दीप लामिछानेलाई टोलीमा स्थान बनाउन कठिन र उच्च प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । आइपिएलमा ४ मात्र विदेशी खेलाडी खेलाउन पाईन्छ । दिल्लीले अक्सनमा अष्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिस र वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान शिम्रन हेटमायरलाई तल्लोक्रमको ब्याटिङ समस्या समधानको लागि मोटो रकम खर्चेर अनुबन्ध गरेको थियो ।
दिल्लीले स्टोइनिसलाई ४ करोड ८० लाख र हेटमायरलाई ७ करोड ७५ लाख भारतीय रुपैयाँ खर्चेको थियो । गतवर्ष दिल्लीको तल्लोक्रम ब्याटिङ निकै कमजोर हुँदा पहिलो पटक फाइनलमा पुग्न असफल भएको थियो । जसले स्टोइनिस र हेटमायर दुबै दिल्लीको पहिलो रोजाईका खेलाडी बन्न सक्ने अनुमान गरिएको छ ।
रबाडा दिल्लीका प्रमुख बलर हुन् । तीव्र गतिको बलरमा ईशान्त शर्मा छन् । ईशान्त टेष्ट उपयोगी बलर हुन् । त्यसैले रबडाको जोडीको रुपमा नोर्टजेकोनै बलियो सम्भावना छ । स्पिनरमा दिल्लीसँग अनुभवी अफ स्पिनर रविचन्द्रन आश्विन र लेग स्पिनर अमित मिश्रा छन् । जसले गर्दा टोली सन्तुलनको लागि दिल्लीले चार विदेशी खेलाडीको रुपमा रबाडा, नोर्टजे, स्टोइनिस र हेटमायरलाई खेलाउने बलियो सम्भावना देखिन्छ ।
सन्दीपलाई खेलाउदा मिश्रालाई बेन्चमा राख्नुपर्छ । मिश्रा मात्र होईन नोर्टजे र स्टोइनिस मध्य एकलाई पनि बेन्चमा राख्नु पर्ने हुन्छ । अर्कोतर्फ वेस्टइन्डिजका अलराउन्डर किमो पलले पछिल्लो समय उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । जसले गर्दा दिल्लीले सन्दीपलाई यो संस्करण पनि पुरै खेलमा मौका दिने सम्भावना न्युन रहन्छ ।
सन् २०१८ मा २० लाख भारतीय रुपैयाँमा अनुबन्ध भएका सन्दीपले ३ खेल मात्र खेलेका थिए । सन् २०१९ मा सन्दीपले ६ खेल खेलेका थिए । सन्दीपले २०१८ मा ५ र २०१९ मा ८ विकेट लिएका थिए । दिल्ली यस पटकको उपाधिको बलियो दाबेदार टोली हो ।
वेस्टइन्डिजमा मंगलबार देखि सुरु हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) को लागि हाल सन्दीप ट्रिनिडाड एण्ड टोबेगोमा रहेका छन् । सन्दीपले सिपिएल जमैका तलावाजबाट खेलिरहेका छन् । पहिलो खेलमा जित हासिल गरेको जमैकाका लागि सन्दीपले पहिलो खेलमा १ विकेट लिएका थिए ।
सिपिएलमा सन्दीपले कस्तो प्रर्दशन गर्छन् त्यसले पनि आइपिएलमा दिल्लीको प्लेइङ ११ को रणनितीमा प्रभाव पार्ने छ । सिपिएल सेप्टेम्बर १० मा सकिने छ । आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म यूएईमा हुने छ ।
March 8, 2025
चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अर्किडको […]
March 8, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]