5 years ago
August 20, 2020
एजेन्सी – युवा ब्याट्सम्यान शिम्रन हेटमायर र किमो पलको उत्कृष्ट प्रर्दशनमा क्यारेबियन प्रिमियर लिग (सिपिएल) को चौथो खेलमा गुयाना एमेजन वारियर्सले सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्सलाई ३ विकेटले पराजित गरेको छ ।
बिहिबार बिहान सम्पन्न खेलमा १ सय २८ रनको विजयी लक्ष्य गुयानाले १७ ओभरमा ७ विकेटको क्षतिमा पुरा गर्यो । गुयानाका युवा ब्याट्सम्यान हेटमायरले ४४ बलमा ८ चौका र ३ छक्का सहित ७१ रनको विजयी इनिङ खेले । यो उनको लगातार दोस्रो अर्धशतक हो । पहिलो खेलमा उनले ट्रीनबगो नाइट राइडर्सविरुद्ध ६३ रनको अविजित उत्कृष्ट अर्ध शतक प्रहार गरेका थिए ।
चन्द्रपल हेमराज १९, ब्रान्डम किंग र शेरफन रदरफोर्डले १०–१० रन जोडे । सेन्ट किट्सका रायद इम्रिटले ३ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको सेन्ट किट्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो । उसका इभिन लुईसले १८ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ३० रनको योगदान दिए । क्रिस लिन १६, बेन डंक २९ र इम्रिटले १७ रन बनाए । किमो पलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिदै ‘प्लेयर अफ द म्याच’ चुनिए । इमरान ताहिरले २ र क्रिस ग्रिनले १ विकेट लिए ।
पहिलो खेलमा गुयाना ट्रीनबगो नाइट राइडर्ससँग ४ विकेटले पराजित भएको थियो । गुयानाले आफ्नो तेस्रो खेल शनिबार जमैका तलावाजसँग खेल्ने छ । सेन्ट किट्स पहिलो खेलमा बार्बाडोस ट्राइडेन्ट्ससँग ६ रनले पराजित भएको थियो । तेस्रो खेल शनिवार सेन्ट लुसिया जुक्सविरुद्ध खेल्ने छ ।
March 8, 2025
चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अर्किडको […]
March 8, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]