default_image

5 years ago

August 19, 2020

जमैकालाई मध्यम लक्ष्य, सन्दीपको औसत बलिङ

111 views

0 Bookmark

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलवाजलाई सेन्ट लुसिया जुक्सले १ सय ५९ रनको लक्ष्य दिएको छ ।

ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङ गरेको जुक्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५८ रन बनायो । जुक्सका लागि रोस्टन चेशले ४२ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५२ रनको योगदान दिए । चेशलाई १९ औं ओभरको तेस्रो बलमा मुजिब उर रहमानले ओशान थोमसबाट क्याच आउट गराए ।

दोस्रो ओभरको अन्तिम बलमा विरसामी पेरुमलले ओपनर रेहकिम कर्नवाललाई कप्तान रोभमान पोवेलबाट ९ रनमा क्याच आउट गराए । उनले ९ बलमा २ चौका प्रहार गरे । पेरुमललेनै चौथो ओभरको अन्तिम बलमा मार्क डियाललाई चाडविक वाल्टनबाट ६ बलमा १ चौका र २ छक्का सहित १७ रनमा पेभिलिएन फर्काए ।

आठौं ओभरको दोस्रो बलमा आन्द्रे रसेललाई ठूलो सट खेल्ने क्रममा आन्द्रे फ्लेक्चर २२ रनमा कार्लोस ब्रेथवेटबाट क्याच आउट भए । १५ औं ओभरको दोस्रो बलमा सन्दीपले नाजिबउल्लाह जद्रानलाई २५ रनमा क्याच आउट गराए । सन्दीपले महत्वपूर्ण विकेट लिनुको साथै चेशसँगको ५२ रनको साझेदारी पनि तोडेपछि खेलमा फर्किएको थियो ।

मुजिब उर रहमानले मोहम्मद नाबीलाई १३ रनमा कट एण्ड बोल्ड आउट गरे । विरसामी पेरुमलले ३ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । मुजिब उर रहमानले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सन्दीपले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । आन्द्रे रसेलको नाममा १ विकेट रह्यो ।

यस्तो रह्यो सन्दीपको चार ओभर

सन्दीपलाई जमैकाले नवौं ओभरमा बलिङमा ल्याएको थियो । सन्दीपले नवौं ओभरको पहिलो बलमा नाजिबउल्लाह जद्रानलाई एक रन दिए । सन्दीपले दोस्रो र तेस्रो बल लगातार रोस्टन चेशलाई डट राखेका थिए । चौथो बलमा एक रन खर्चिए । पाँचौ बलमा भने सन्दीपलाई जद्रानले छक्का प्रहार गरेका थिए ।

११ औं ओभरको पहिलो बलमा सन्दीपले जद्रानलाई २ रन दिएका थिए । फिल्डिङमा तालमेल नमिल्दा दुइ रन जोडेको थियो । दोस्रो, तेस्रो र चौथो बल सन्दीपले लगातार डट राख्दै जद्रानमाथि दबाब बढाए । पाँचौ बलमा एक रन दिए । अन्तिम बलमा चेश ठूलो सट खेल्न प्रयास गरेपनि असफल हुँदै डट खाएका थिए ।

१३ औं ओभरको पहिलो बलमा जद्रानलाई एक रन दिए । दोस्रो बलमा भने सन्दीपलाई चेशले चौका प्रहार गरे । तेस्रो बलमा ठूलो सट खेलेका चेश रन जोड्न असफल भएका थिए । स्टम्पिङको अपिल गरेपनि असफल भएका थिए । चौथो बलमा सन्दीपले एलबिडब्लू आउटको अपिल गरेपनि एम्पायरले कुनै प्रतिक्रिया दिएनन् । पाँचौ बलमा दुई र अन्तिम बलमा एक रन खर्चिए ।

१५ औं ओभरको पहिलो बलमा चेशलाई एक रन दिए । दोस्रो बलमा ठूलो सट खेलेका जद्रानलाई रोभमान पोवेलबाट २५ रनमा क्याच आउट गराए । उक्त क्याच लिनेक्रममा विरसामी पेरुमल र पोवेल एक आपसमा लड्न पुगेका थिए ।

उनले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे । तेस्रो बलमा चेशलाई एकर चौथो बल डट राखे । पाँचौ बल डट राखेका सन्दीपले छैटौं बल एक वाईड र एक रन खर्चे ।

March 8, 2025

अर्किडलाई भरतपुर मेयर्स कप क्रिकेटको उपाधि

चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । अर्किडको […]

March 8, 2025

इन्डो- नेपाल टि ट्वान्टी क्रिकेट- थन्डर सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]

March 8, 2025

नेपाल नामिबियासँग पराजित

काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]

Success

Thank you for your time.