5 years ago
August 19, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को तेस्रो खेलमा आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले सेन्ट लुसिया जुक्सविरुद्ध खेल्दै छ ।
खेल नेपाली समय अनुसार साँझ ७ : ४५ देखि सुरु हुनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गरिरहेको छ । जमैका र जुक्स दुबै सिपिएल २०२० सिजनमा उत्कृष्ट सुरुवात गर्ने सोचमा हुने छन् । जमैकाको रोभमान पोवेल र जुक्स डरेन सामीले कप्तानीमा मैदान उत्रने छन् ।
जमैकामा आन्द्रे रसेल र कार्लोस ब्रेथवेट जस्ता विश्वस्तरिय ‘म्याच विनर’ अलराउन्डर छन् । शीर्षक्रम ब्याटिङमा चाडविक वाल्टन, ग्लेन फिलिप्स र पोवेल छन् । मध्यक्रममा जर्मेन ब्ल्याकवुड रहँदा तल्लोक्रमा रसेल, आसिफ अली, कार्लोस ब्रेथवेट छन् । स्पिनरमा सन्दीप र मुजिब उर रहमान छन् । ओशान थोमश तीब्र गतिका बलरका रुपमा रहेका छन् । जमैका प्रमुख हतियार आन्द्रे रसेल हुन् ।
जुक्समा जाहिर खान र केस्रिक विलियम्स तीब्र गतिका बलरका रुपमा छन् । डरेन सामी, रेहकम कर्नवाल, रोस्टन चेश, मोहम्मद नाबी जस्ता अलराउन्डर छन् । नाजिबुल्लाह जद्रान, आन्दे्र फ्लेक्चर, लेनिको बाउचर, मार्क डियाल लगायतका ब्याट्सम्यान रहेका छन् । यी दुई टोलीबीच सिपिएलमा १३ खेल भएको छ । जसमा जमैका ८ र जुक्स ५ खेलमा विजयी भएका छन् । पछिल्लो पाँच खेलमा जमैका तीन र जुक्स दुई खेलमा विजयी भएका छन् । गतवर्ष दुबै खेलमा जुक्स विजयी भएको थियो । मोहम्मद नाबी प्रमुख हतियार हुन् ।
जमैकाले सन्दीप र मुजिब उर रहमान दुबै स्पिनरलाई खेलाउने निश्चित जस्तै छ । यी दुई स्पिनरमा कसले उत्कृष्ट प्रर्दशन गर्ने भन्नेमा पनि एकआपसमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । सन्दीपलाई जमैकाले ९० हजार डलर अर्थात १ करोड ८ लाख नेपाली रुपैयाँमा बराबरीमा अनुबन्ध गरेको थियो । यसअघि राष्ट्रिय टोलीको अन्तराष्ट्रिय खेल जुधेको हुँदा सन्दीपले पुरै सिजन खेल्न पाएका थिएनन् । यस पटक नेपालको कुनैपनि अन्तर्राष्ट्रिय खेल छैन । त्यसैले सन्दीपले पुरै संस्करण खेल्ने छन् । यसअघिका सन्दीपले सन् २०१८ मा सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्स र २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट सिपिएल खेलेका थिए ।
विदेशी लिग निरन्तर खेल्दै आएका सन्दीपको प्रर्दशनमा भने एकरुपता भने छैन । समर्थक र शुभचिन्तकको अपेक्षा र आशा उच्च हुँदा सन्दीपको प्रर्दशन त्यसै अनुसार भने छैन । सन्दीपले आफ्नो प्रर्दशनलाई एकरुपता दिन आवश्यक देखिन्छ ।
March 8, 2025
चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अर्किडको […]
March 8, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]