5 years ago
August 19, 2020
एजेन्सी – सुनिल नारायणको अलराउन्ड प्रर्दशनमा ट्रीनबेगो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सिपिएल) को पहिलो खेलमा विजयी सुरुवात गरेको छ ।
राइडर्सले गुयाना एमेजन वारियर्सलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । ब्रायन लारा स्टेडियम ट्रीनिडाडमा टस हारेर ब्याटिङको निम्तो पाएको वारियर्सले निर्धारित १७ ओभरमा ५ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो । वर्षाको कारण प्रभावित हुँदा ३ ओभर घटाइएको थियो । गुयानाका युवा ब्याट्सम्यान शिम्रन हेटमायर ४४ बलमा २ चौका र २ छक्का सहित ६३ रनमा अविजित रहे ।
रस टेलरले २१ बलमा २ चौका र २ छक्का सहित ३३ रन जोडे । ओपनर ब्रेन्डन किंग शून्य, चन्द्रपल हेमराज ३, निकोलस पूरन १८ रनमा आउट भए । किमो पल १५ रनमा अविजित रहे । राइडर्सका स्पिनर सुनिल नारायणले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अली खान, ड्वेन ब्राभो र जयदेन सेल्सले १–१ विकेट लिए ।
१ सय ४५ रनको विजयी लक्ष्य राइडर्सले १६ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । ओपनर सुनिल नारायणले २८ बलमा ४ छक्का र २ चौका सहित ५० रनमा क्याच आउट भए । डरेन ब्राभो ३०, कप्तान काइरान पोलार्ड १० र कोलिन मुनरो १७ रनमा आउट भए ।
वारियर्सका स्पिनर इमरान ताहिरले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । नभिन उल हक २, किमो पल र शेरफन रदफोर्डले १–१ विकेट लिए । अलराउन्डर प्रर्दशन गरेका नारायण ‘प्लेयर अफ द म्याच’ चुनिए ।
March 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कोशी प्रदेश क्रिकेट संघले अंकित सुवेदीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । यस संस्करणको पिएम कप आगामी आइतवारबाट सुरु हुदैछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]