default_image

5 years ago

August 18, 2020

दुवै मिर्गौला खराब भएका क्रिकेटर कुन्दनले जिते कोरोना

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुवै मिर्गौला खराब भएका राष्ट्रिय क्रिकेट खेलाडी कुन्दनसिंह राजपूतले कोरोना भाइरसलाई जितेका छन् ।

आइतबार दोस्रो पिसिआर टेस्ट भएको उनको मंगलबार रिपोर्ट नेगेटिभ आएको हो । कुन्दन आज नै जनकपुर अञ्चल अस्पतालबाट ११ बजे डिस्चार्ज भएर घर महोत्तरीको जलेश्वर फर्किएको हाम्रो खेलकुदलाई जानकारी दिए । कुन्दनले पछिल्लो समय आफ्नो अवस्था पनि सुधार आएको बताएका छन् ।

‘कोरोनालाई जितेर आज घर फर्किएको छु । धेरै खुसी छु । अर्कोतर्फ अभियानबाट आर्थिक सहयोग पनि जुटिरहेको छ’, कुन्दनले हाम्रो खेलकुदसँग भने ।

कुन्दनलाई साउन १८ मा पिसिआर टेस्टबाट कोरोना पोजेटिभ देखिएको थियो । कुन्दनले प्रदेश २ बाट दुई वर्षअघि काठमाडौंमा भएको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय प्रतियोगितामा खेलेका थिए ।

एक वर्ष अघि देखि कुन्दनका दुवै मृगौला खराब हुदा उपचार गराउँदै आएका छन् । कुन्दनले अञ्चल अस्पताल जनकपुरमा नियमित डायलिसिस गराउँदै आएका छन् ।

यो पनि : क्रिकेट ब्याट चलाउने बेला डायलिसिस धाउने बाध्यता

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.