default_image

5 years ago

August 18, 2020

आइपिएल २०२० को प्रमुख प्रायोजकमा ड्रिम ११

84 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) सिजन २०२० मा प्रमुख प्रायोजनको अधिकार अनलाइन फेन्टासी स्पोर्ट्स कम्पनी ड्रिम ११ ले पाएको छ ।

आइपिएल गभर्निंग काउन्सिलका अध्यक्ष वृजेश पटेलले २०२० को प्रमुख प्रायोजक ड्रिम ११ ले जितेको बताएका छन् । ड्रिम ११ ले २२२ करोड भारतीय रुपैयाँमा प्रमुख प्रायोजकको अधिकार पाएको हो । जसको सम्झौता अगष्ट १८ देखि डिसेम्बर ३१ सम्म रहने छ ।

गत असारमा सीमाक्षेत्र लद्दाखमा भएको झडपमा चिनियाँ सैनिकको आक्रमणमा परि २० भारतीय सैनिकको मृत्यु भएपछि भारतमा आइपिएलले चिनियाँ प्रायोजन प्रयोग गर्न नहुने भन्दै आवज उठेपछि स्मार्टफोन भिभो मुख्य प्रायोजकबाट हटेको थियो ।

सन् २०१८ मा बिसिसीआईले भिभोसँग पाँच वर्षको लागि सम्झौता गरेको थियो । बिसिसीआईलाई प्रायोजन वापत २,१९९ करोड भारतीय रुपैयाँमा दिने सहमत भएको थियो । यस सिजनको आइपिएल संयुक्त अरव इमिरेट्स (यूएई)मा सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म चल्ने छ ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.