default_image

5 years ago

August 16, 2020

पाकिस्तान विरुद्ध इंग्ल्यान्ड : दोस्रो टेष्ट बराबरीतर्फ उन्मुख

64 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्ट खेलमा लगातार चौथो दिन मौसम बाधक बनेपछि बराबरी हुने निश्चित जस्तै भएको छ ।

पहिलो र दोस्रो दिन वर्षा र खराब प्रकाशका कारण पूरै खेल हुन सकेको थिएन । तेस्रो दिन बर्षाको कारण खेलनै सुरु नभई स्टम्प्स भएको थियो । चौथो दिन वर्षाको कारण मात्र १०.२ ओभर सम्भव भएपछि खेल बराबरीको लागि पाँचौ दिन औपचारिकता मात्र बाँकी देखिन्छ ।

दोस्रो दिनको समाप्तिमा पाकिस्तानले ८६ ओभरमा ९ विकेटको क्षतिमा २ सय २३ रन बनाएको थियो । तेस्रो दिन खेलनै हुन सकेन । चौथो दिन पाकिस्तान पाकिस्तान पहिलो इनिङमा ९१.२ ओभरमा २ सय ३६ रनमा अल आउट भएको थियो । पहिलो इनिङ थालेको इंग्ल्यान्डले ५ ओभरमा ७ रन जोड्न १ विकेट गुमाउँदै वर्षाको कारण खेल चौथो दिनको सकिएको छ ।

इंग्ल्यान्डका ओपनर डोम सिब्ले २ र ज्याक क्रलीले ५ रनमा अविजित छन् । ओपनर रोरी बन्र्सलाई शाहिन अफ्रिदीले पहिलो ओभरको चौथो बलमै शून्यमा असाद शफीकबाट क्याच गराएका थिए । समग्रमा पाकिस्तान २ सय २९ रनले अग्रता लिएको छ ।

पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवान १ सय ३९ बलमा ७ चौका सहित सर्वाधिक ७२ रनको योगदान दिए । उप कप्तान बाबर आजम १ सय २७ बलमा ३ चौका सहित ४७ रनमा क्याच आउट भएका थिए । बाबरलाई स्टुअर्ट ब्रोडले जस बटलरबाट क्याच आउट गराएका थिए । असाद शफीक ५, मोहम्मद अब्बास २ र शाहिन अफ्रिदी शून्यमा आउट भए ।

पहिलो दिन ओपनर शान मसूदलाई जेम्स एन्डरसनले तेस्रो ओभरको दोस्रो बलमा एक रनमा एलबिडब्लू आउट गरे । दोस्रो विकेटको लागि आबिद अली र कप्तान अजहर अलीले ७२ रनको साझेदारी गर्दै समालिने प्रयास गरेका थिए । तर कप्तान अजहर अलीलाई एन्डरसनले २० रनमा रोरी बन्र्सबाट क्याच आउट गराएपछि पाकिस्तानले नियमित विकेट गुमाएको थियो ।

साम करनले रोरीबाट क्याच गराउनु अघि ओपनर आबिद अलीले १ सय ११ बलमा ७ चौका सहित ६० रनको योगदान दिए । ११ वर्षपछि पाकिस्तानको टोलीमा पूनरागमन फवाद आलमलाई क्रिस वोक्सले शून्यमा एलबिडब्लू आउट गर्दै पेभिलिएन फर्काएका थिए ।

इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले सर्वाधिक चार विकेट लिए । जेम्स एन्डरसनको नाममा ३ विकेट रह्यो। साम करन र क्रिस वोक्सले पनि १-१ विकेट लिए । तीन खेलको टेष्ट सिरिजमा इंग्ल्यान्डले १–० को लिएको छ । पहिलो टेष्टमा इंग्ल्यान्ड तीन विकेटले विजयी भएको थियो ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.