5 years ago
August 15, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।
धोनीले शनिबार इन्स्टाग्राममार्फत सन्न्यासको घोषणा गरेका हुन् । धोनीले टेष्टबाट सन् २०१४ मै सन्न्यास लिएका थिए । उनले सिमित ओभरको कप्तानी सन् २०१७ मा छोडेका थिए । शनिबार उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दै घरेलु क्रिकेटमा भने केहि समय खेल्ने घोषणा गरेका हुन् ।
धोनी विगत १३ महिनायता भारतीय टोली बाहिर थिए । धोनीले पछिल्लो पटक गतवर्ष इंग्ल्यान्डमा भएको एक दिवसिय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेलेका थिए । उक्त खेलमा ५० रनमा रन आउट भएसँगै धोनी भारतीय टोलीमा थिएनन् ।
धोनीले सन् २००४ मा बंगलादेशविरुद्ध ओडिआईमा डेब्यु गरेका थिए । धोनीले सन् २००५ मा श्रीलंका विरुद्ध टेष्ट र २००६ मा दक्षिण अफ्रिकाविरुद्ध टि२० आईमा डेब्यु गरेका थिए । धोनीले ९० टेष्टमा ६ शतक र ३३ अर्ध शतक सहित ४ हजार ८ सय ७६ रन बनाएका छन् ।
उनले ३ सय ५० ओडिआई खेलमा २ सय ९७ इनिङमा ब्याटिङ गर्दै १० शतक र ७३ अर्ध शतक सहित १० हजार ७ सय ७३ रन बनाएका छन् । ९८ टि२० आईमा १ हजार ६ सय १७ रन बनाएका छन् ।
धोनीले आफ्नो कप्तानीमा भारतीय क्रिकेटलाई नयाँ उचाईमा पुर्याउँदै विश्वकै एक उत्कृष्ट टोली र लोकप्रिय बनाउन सफल भए । विश्वकप च्याम्पियन धोनी विश्वकै एक उदाहरणीय कप्तान, फिनिसर र विकेटकिपर हुन् । धोनी आइसिसीको एक दिवसिय विश्वकप, टि२० विश्वकप र च्याम्पियन्स ट्रफीको उपाधि जित्ने एक्लो कप्तान हुन् ।
विश्वकै एक सफल कप्तान र उत्कृष्ट विकेटकिपर रहेका धोनी यस वर्ष अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न चाहा्थे । तर अक्टोबर नोभेम्बरमा हुने तए भएको विश्वकप कोरोना महामारीको कारण एकवर्ष पछिलाई सरेपछि धोनीले सन्न्यास लिने निर्णयमा पुगेका हुन् ।
धोनी सेप्टेम्बर १९ देखि युएईमा हुने १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को लागि शुक्रबार चेन्नई सुपर किंग्ससँग जोडिएका थिए । चेन्नईले शनिबार देखि बिहीबार सम्म चेन्नईमा अभ्यास गर्ने छ । धोनीले आफ्नो कप्तानीमा चेन्नईलाई तीन पटक आइपिएलको उपाधि दिलाएका थिए ।
धोनीका नाममा विश्व क्रिकेटमा थुप्रै कीर्तिमान रहेका छन् । शान्त स्वभावका धोनी चतुर दिमागका खेलाडी थिए ।
यो पनि पढ्नुहोस : धोनीका ३० कीर्तिमान
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]