default_image

5 years ago

August 15, 2020

चार बलमा चार विकेट लिँदै विश्व कीर्तिमान कायम

101 views

0 Bookmark

एजेन्सी – जमर्नी राष्ट्रिय क्रिकेट टोलीकी मध्य गतिकी बलर तथा कप्तान अनुराधा डोड्डाबल्लापुरले टि२० आई महिला क्रिकेटमा एकै ओभरमा लगातार चार बलमा चार विकेट लिँदै विश्व कीर्तिमान कायम गरेकी छिन् ।

शुक्रबार ३३ वर्षिय अनुराधाले पाँच टि२० आई सिरिज अन्तर्गत चौथो खेलमा घरेलु टोली अष्ट्रियाविरुद्ध यस दुर्लभ कीर्तिमान रचेकी हुन् । जमर्नीले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रियाविरुद्ध अनुराधानले १५ औं ओभरको दोस्रो, तेस्रो, चौथो र पाँचौ बलमा विकेट लिएकी थिइन् । उनले आफ्नो पहिलो ओभरमै यस सफलता हात पारेकी थिइन् ।

योसँगै चार बलमा चार विकेट लिने टि२० आईमा महिला क्रिकेटमा पहिलो खेलाडी बनेकी छिन् । उनको उत्कृष्ट प्रर्दशनमा अष्ट्रिया २० ओभरमा ९ विकेट गुमाउँदै ६१ रन समेटिएपछि जमर्नी १ सय ३७ रनले विजयी भएको थियो । अनुराधाले ३ ओभरमा २ मेडन सहित १ रन खर्चेर ५ विकेट लिइन् । उनले तीन जनालाई बोल्ड र दुईलाई क्याच आउट गराएकी थिइन् । यो महिला टि२० आई क्रिकेटमा समग्रमा आठौं उत्कृष्ट प्रर्दशन पर्दछ ।

यसअघि गतवर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि२० क्रिकेटमा नेपालकी स्पिनर अञ्जली चन्दले माल्दिभ्सविरुद्ध २.१ ओभरमा ह्याट्रिक सहित कुनै रन नदिई ६ विकेट लिदै महिला र पुरुष क्रिकेट दुबैको सवोत्कृष्ट प्रर्दशन गर्दै विश्व कीर्तिमान रचेकी थिइन् ।

त्यसअघि पहिला टस जितेर ब्याटिङ गरेको जमर्नीले २० ओभरमा कुनै विकेट नगुमाई १ सय ९८ रन बनाएका थिए । उसकी बायाँ हाते ओपनर क्रिष्टिना गोचले ७० बलमा १३ चौका सहित १ सय १ रनको शतकीय इनिङ खेलिन् । अर्की ओपनर जेनेट रोनाल्ड्सले ६० बलमा ६ चौका सहित ६८ रन बनाएकी थिइन् । जमर्नीले २९ रन एक्स्ट्रा पाएको थियो ।

पाँच खेलको टि२० आई सिरिजमा जमर्नीले ४–० को अग्रता कायम गरेको छ । अन्तिम तथा पाँचौ खेल खेल शनिबार हुनेछ ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.