default_image

5 years ago

August 15, 2020

पाकिस्तान र इंग्ल्यान्डबीचको खेलमा मौसम बाधक

98 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्ट खेलमा लगातार दोस्रो दिन मौसम बाधक बनेको छ । पहिलो दिन प्रभावित बनेको खेलको दोस्रो दिन पनि वर्षा र खराब प्रकाशका कारण पूरै खेल हुन सकेन ।

दोस्रो दिनको समाप्तिमा पाकिस्तानले ८६ ओभरमा ९ विकेटको क्षतिमा २ सय २३ रन बनाएको छ । विकेटकिपर मोहम्मद रिजवान १ सय १६ बलमा ५ चौका सहित ६० रनमा अविजित छन् । नसिम शाहले १ रनबाट साथ दिने छन् ।

उप कप्तान बाबर आजम १ सय २७ बलमा ३ चौका सहित ४७ रनमा क्याच आउट भए । बाबरलाई स्टुअर्ट ब्रोडले जस बटलरबाट क्याच आउट गराएका थिए । असाद शफीक ५, मोहम्मद अब्बास २ र शाहिन अफ्रिदी शून्यमा आउट भए ।

त्यसअघि पहिलो दिन ओपनर शान मसूदलाई जेम्स एन्डरसनले तेस्रो ओभरको दोस्रो बलमा एक रनमा एलबिडब्लू आउट गरे । दोस्रो विकेटको लागि आबिद अली र कप्तान अजहर अलीले ७२ रनको साझेदारी गर्दै समालिने प्रयास गरेका थिए । तर कप्तान अजहर अलीलाई एन्डरसनले २० रनमा रोरी बन्र्सबाट क्याच आउट गराएपछि पाकिस्तानले नियमित विकेट गुमाएको थियो ।

साम करनले रोरीबाट क्याच गराउनु अघि ओपनर आबिद अलीले १ सय ११ बलमा ७ चौका सहित ६० रनको योगदान दिए । ११ वर्षपछि पाकिस्तानको टोलीमा पूनरागमन फवाद आलमलाई क्रिस वोक्सले शून्यमा एलबिडब्लू आउट गर्दै पेभिलिएन फर्काएका थिए ।

इंग्ल्यान्डका जेम्स एन्डरसन र स्टुअर्ट ब्रोडले समान ३ विकेट लिएका छन् । साम करन र क्रिस वोक्सले पनि १-१ विकेट लिएका छन् । तीन खेलको टेष्ट सिरिजमा इंग्ल्यान्डले १–० को लिएको छ ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.