default_image

5 years ago

August 14, 2020

स्मिथ, वार्नर र म्याक्सवेल सहित १२ खेलाडीले आइपिएलको सुरुवात गुमाउने

87 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करणमा अष्ट्रेलियाका स्टार खेलाडी ग्लेन म्याक्सवेल, डेविड वार्नर र स्टिभ स्मिथ सहित १२ खेलाडीले सुरुवाती खेलहरु गुमाउने पक्का भएको छ ।

शुक्रबार इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको टि२० र ओडिआई मितिको तय भएसँगै आइपिएलको सुरुवाती खेल गुमाउने भएका हुन् । अष्ट्रेलिया र इंग्ल्यान्डबीच समान तीन टि२० आई र ओडिआई सिरिज साउथह्पाप्टन र म्यानचेस्टरमा आगमी सेप्टेम्बर ४ देखि १६ सम्म हुने छ । जसको कारण इंग्ल्यान्ड र अष्ट्रेलियाका खेलाडीले आइपिएल गुमाउने भएका हुन् ।

यसको सबैभन्दा ठूलो असर राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद, कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोरलाई पर्ने छ । मुम्बईलाई यसको कुनै असर पर्ने छैन । चेन्नई सुपर किंग्स, दिल्ली क्पापिटल्स र किंग्स इलेभेन पञ्जावलाई तुलनात्मक रुपमा कम असर पर्नेछ । शुक्रबार अष्ट्रेलियाले इंग्ल्यान्डमा खेल्ने सिरिजको लागि आरोन फिन्चको कप्तानीमा २१ सदस्य टोली घोषणा गरेको छ । जसमा आइपिएल खेल्ने १२ खेलाडी छन् ।

आरोन फिन्च (बेंगलोर), प्याट कमिन्स (कोलकाता), डेविड वार्नर (हैदराबाद), स्टिभ स्मिथ (राजस्थान), ग्लेन म्याक्सवेल (पञ्जाव), मिचेल मार्श (हैदराबाद), जोश फिलिपे तथा केन रिचर्डसन (बेंगलोर), एलेक्स केरि तथा मार्कस स्टोइनिस (दिल्ली क्पापिटल्स), जोश हेजलवुड (चेन्नई) र एन्ड्र्यू टाई (राजस्थान) सुरुवाती खेल गुमाउने पक्का भएको हो । आइपिएल सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुने छ । तर खेलाडी अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुँदा सुरुवाती खेल गुमाउने भएका हुन् ।

यता इंग्ल्यान्डका खेलाडीले पनि आइपिएल गुमाउने पक्का छ । तर कुन कुन खेलाडीले भने निश्चित छैन । इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्ध टि२० र ओडिआई टोली घोषणा गरेको छैन । इंग्ल्यान्डले वेस्टइन्डिजविरुद्ध टेष्ट र आयरल्यान्डविरुद्ध ओडिआईको लागि फरक टोली घोषणा गरेको थियो । तुलनात्मक रुपमा कम्जोर आयरल्यान्डविरुद्ध इंग्ल्यान्डले फरक टोली घोषणा गरेपनि बलियो अष्ट्रेलियाविरुद्ध त्यसको कम सम्भावना निकै कम छ ।

इंग्ल्यान्डका मोईन अली बेंगलोरको टोलीमा छन् । टम ब्यान्टन र ओईन मोर्गन कोलकातामा रहेका छन् । युवा अलराउन्डर साम करन चेन्नईमा छन् । दिल्लीमा जेसन रोय छन् । राजस्थानमा जस बटलर, बेन स्टोक्स, टम करन र जोफ्रा आर्चर छन् । हैदराबादमा जोनी बेयरस्टो रहेका छन् । यी सबै खेलाडीले आइपिएलको सुरुवाती खेल गुमाउने उच्च सम्भावना छ ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.