5 years ago
August 14, 2020
एजेन्सी – विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण आगमी सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म यूएईमा हुँदैछ ।
सबै फ्रेन्चाइज टोली यूएई जाने तयारीमा छन् । आइपिएललाई विश्वकप पछिको ठूलो प्रतियोगिताको रुपमा लिइन्छ । धेरै युवा खेलाडीको आफ्नो देशबाट खेलेपछि अर्को सपना फ्रेन्चाइज लिगको रुपमा आइपिएल खेल्ने हुन्छ । विश्वका चर्चित खेलाडीको जमघट हुने यस आइपिएलमा युवा खेलाडीलाई अवसर र चुनौती दुवै हुने गर्दछ ।
आइपिएलमा राम्रो प्रर्दशन गर्ने युवा खेलाडीलाई राष्ट्रिय टोलीकै सिनियर टोलीसम्म पुग्न सहज हुन्छ । अर्कोतर्फ टोलीमा नरहेका खेलाडीलाई पूनरागमन गर्न पनि आइपिएलको प्रर्दशनले सहज बनाउँछ । यस वर्ष आइपिएलमा डेब्यु प्रतियोगितामै उच्च प्रर्दशन गर्न सक्ने चार युवा स्टार खेलाडी यस प्रकार छन् ।
४. रवि बिश्रोई (किंग्स इलेभेन पञ्जाव)
यस संस्करणको आइपिएलमा किंग्स इलेभेन पञ्जाव एक उपाधिको दाबोदार टोली हो । जसमा १९ वर्षिय युवा स्पिनर रवि बिश्नोईको प्रर्दशनमा धेरैको नजर रहनेछ । उनलाई अक्सनमा पञ्जावले २ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । बिश्नोईले यसै वर्ष दक्षिण अफ्रिकामा सम्पन्न एक दिवसिय यु१९ विश्वकपमा भारतलाई फाइनलमा पुर्याउन उत्कृष्ट प्रर्दशन गर्दै ६ खेलमा १७ विकेटका साथ शीर्ष स्थानमा रहेका थिए ।
बिश्नोईले बंगलादेश, न्युजिल्यान्ड र जापानसँग ४–४ विकेट लिदै सनसनी मच्चाएका थिए । रवि दबाबमा पनि उत्कृष्ट प्रर्दशन गर्ने गर्दछन् । यूएई स्पिनरको लागि उपयोगी मानिन्छ । यूएईको पिचमा रविले डेब्यु गर्दै उच्च प्रर्दशन गर्न सक्छन् ।
३. जोश फिलिपे (रोयल च्यालेन्जर्स बेंगलोर)
२२ वर्षिय युवा विकेटकिपर जोश फिलिपेलाई अक्सनमा बेंगलोरले न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । आक्रामक ब्याटिङका लागि परिचित फिलिपे अष्ट्रेलिया क्रिकेटको आगमी दिनका भविष्यका रुपमा हेरिंदैआएका छन् । फिलिपेले तल्लोक्रममा आक्रामक रुपमा रन जोड्ने गर्दछन् ।
अर्कोतर्फ बेंगलोरको तल्लोक्रमको कमजोर ब्याटिङ समस्या फिलिपले समधान गर्ने अनुमान गरिएको छ । सिड्नी सिक्सर्सबाट २०१९/२० को बिग ब्यास खेलेका विकेटकिपर जोश फिलिपेले १६ खेलमा ४ सय ७८ रन बनाएका थिए । घरेलु क्रिकेट पनि जोशले उच्च प्रर्दशन गर्दै आएका छन् । ३२ टि२० खेलमा उनले ७ अर्ध शतक सहित उनले ७ सय ८९ रन बनाएका छन् । बेंगलोरको गतवर्ष ओपनिङ र फिनिसिङ दुबै कमजोर देखिएको थियो । जसले गर्दा फिलिपेको टोलीमा पर्ने सम्भावना छ ।
२. टम ब्यान्टन (कोलकाता नाइट राइडर्स)
इंग्ल्यान्ड क्रिकेटका युवा स्टार ब्याट्सम्यान टम ब्यान्टनलाई कोलकाताले अक्सनमा १ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । २१ वर्षिय ब्यान्टन आक्रामक ब्याट्सम्यान हुन् । क्रिकेट विज्ञले ब्यान्टनसँग सबै किसिमका सट प्रहार गर्ने क्षमता रहेको बताउँछन् । ब्यान्टनले घरेलु क्रिकेटमा उच्च प्रर्दशन गर्दै इंग्ल्यान्डबाट प्रतिनिधत्व गरिसकेका छन् ।
ब्यान्टनले ५ ओडिआईमा १ सय ३४ रन तथा ३ टि२० आईमा ५६ रन बनाएका छन् । ब्यान्टनले २०१९ को टि२० ब्लास्टमा १३ खेलमा १ शतक र ४ अर्ध शतक सहित ५ सय ४९ रन सहित सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा दोस्रो बनेका थिए । युवा स्टार ब्यान्टनले यस वर्षको आइपिएलमा उत्कृष्ट प्रर्दशन गर्ने अनुमान गरिएको छ ।
१. यशस्वी जैसवाल (राजस्थान रोयल्स)
राजस्थान रोयल्सका १८ वर्षिय बायाँ हाते युवा ओपनर यशस्वी जैशवालमा आगमी आइपिएलमा उत्कृष्ट प्रर्दशन गर्न सक्ने खेलाडी हुन् । उनले घरेलु प्रतियोगिता, यु१९ विश्वकप देखी सबै खेलमा लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । जैसवाललाई अक्सनमा राजस्थानले २ करोड ४० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।
जैसवालले यु१९ विश्वकपमा ६ खेलमा १ शतक र ४ अर्ध शतक सहित कुल ४ सय रनका साथ शीर्ष स्थानमा रहँदै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । उनले पाकिस्तानविरुद्ध १ सय १३ बलमा ८ चौका र ४ छक्का सहित १ सय ५ रनमा अविजित रहँदै १० विकेटको जित दिलाएका थिए ।
जैसवालको खेल्ने शैलीलाई धेरै क्रिकेट विज्ञहरु विरेन्द्र सहवागसँग तुलना गर्छन् । कलिलो उमेरमा जैसवाल मैदानमा परिपक्व, परिस्थिति र टोलीको आवश्यकता अनुसार ब्याटिङ गर्ने हुँदा भारतीय टोलीमा उनलाई रोहित शर्मा र शिखर धवन पछिको ओपनरको रुपमा हेरिएको छ । उनले १७ वर्षको उमेरमा लिष्ट ‘ए’ मा २ सय ३ रन बनाउँदै कम उमेरमा दोहोरो कीर्तिमान कायम गरेका थिए । उनको खेल्ने शैली, लयलाई देख्दा राजस्थानमा नियमित स्थान बनाउने मात्र होइन उत्कृष्ट प्रर्दशनको अपेक्षाका साथ इमर्जिङ प्लेयरको दाबेदारका रुपमा समेत हेरिएको छ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]