5 years ago
August 14, 2020
एजेन्सी – इंग्ल्यान्डविरुद्ध दोस्रो टेष्ट खेलमा पाकिस्तानले खराब सुरुवात गरेको छ । साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको पाकिस्तानले पहिलो दिनको समाप्तिमा ४५.४ ओभरमा ५ विकेटको क्षतिमा १ सय २६ रन बनाएको छ ।
वर्षाले प्रभावित बनेको पहिलो दिनमा उप कप्तान बाबर आजम पाकिस्तानको आशाका रुपमा क्रिजमा टिक्न सकेका छन् । बाबर दोस्रो दिन ५१ बलमा १ चौका सहित २५ रनबाट खेल्न सुरु गर्ने छन् । विकेटकिपर मोहम्मद रिजवान ४ रनमा अविजित छन् ।
ओपनर शान मसूदलाई जेम्स एन्डरसनले तेस्रो ओभरको दोस्रो बलमा एक रनमा एलबिडब्लू आउट गरे । दोस्रो विकेटको लागि आबिद अली र कप्तान अजहर अलीले ७२ रनको साझेदारी गर्दै समालिने प्रयास गरेका थिए । तर कप्तान अजहर अलीलाई एन्डरसनले २० रनमा रोरी बन्र्सबाट क्याच आउट गराएपछि पाकिस्तानले नियमित विकेट गुमाएको थियो ।
साम करनले रोरीबाट क्याच गराउनु अघि ओपनर आबिद अलीले १ सय ११ बलमा ७ चौका सहित ६० रनको योगदान दिए । स्टुअर्ट ब्रोडले असाद सफीकलाई डोम सिब्लेबाट ५ रनमा क्याच आउट गराए ।
त्यसपछि पाकिस्तानको ब्याटिङ आशा फवाद आलम थिए । फवादले ३ हजार ९ सय ११ दिन अर्थात ११ वर्षपछि पाकिस्तानको टोलीमा पूनरागमन गरेका थिए । तर फवादलाई क्रिस वोक्सले शून्यमा एलबिडब्लू आउट गर्दै पेभिलिएन फर्काएपछि पाकिस्तान कमजोर अवस्थामा पुगेको छ ।
तीन खेलको टेष्ट सिरिजमा पहिलो खेलमा इंग्ल्यान्ड तीन विकेटले विजयी हुँदै १–० को अग्रता कायम गरेको छ । इंग्ल्यान्ड एक खेल अगाडिनै सिरिज जित्न चाहान्छ भने पाकिस्तान बराबरी गराउने सोचमा छ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]