default_image

5 years ago

August 13, 2020

इंग्ल्यान्डलाई १० वर्षपछि सिरिज जित्ने अवसर

89 views

0 Bookmark

एजेन्सी – तीन खेलको टेष्ट सिरिज अन्तर्गत पाकिस्तान र इंग्ल्यान्डबीचको दोस्रो खेल आजदेखि साउथह्याप्टनमा सुरु हुँदैछ । खेल नेपाली समय अनुसार ३:४५ देखि सुरु हुनेछ ।

पहिलो टेष्टमा इंग्ल्यान्ड तीन विकेटले विजयी भएको थियो । इंग्ल्यान्ड एक खेल अगावै १० वर्षपछि पाकिस्तानविरुद्ध टेष्ट सिरिज जित्न चाहान्छ । इंग्ल्यान्डले सन् २०१० मा घरेलु मैदानमा पाकिस्तानलाई चार टेष्ट सिरिज ३–१ ले हराएको थियो । त्यसयता पाकिस्तानले दुई जित्दा तीन बराबरीमा सकिएका छन् ।

यूएईमा २०११/१२ मा भएको तीन टेष्ट सिरिजमा पाकिस्तानले क्लिनस्विप गरेको थियो । २०१५÷१६ मा यूएईमै तीन टेष्ट सिरिज पाकिस्तानले २–० ले जितेको थियो । त्यसयता सिरिज बराबरीमा सकिएका छन् ।

पाकिस्तानले पहिलो टेष्टमा पहिलो इनिङमा ब्याटिङमा उत्कृष्ट प्रर्दशन गरेपनि दोस्रो इनिङमा खराब प्रर्दशन गरेको थियो । त्यसैको कारण पहिलो इनिङमा १ सय ७ रनको अग्रता लिएपनि जित निकाल्न सकेन । इंग्ल्यान्डको टोलीमा पारिवारिक कारण उप -कप्तान बेन स्टोक्स छैनन् । त्यसको फाइदा पाकिस्तानलाई पुग्न सक्छ ।

स्टोक्सको स्थान युवा ब्याट्सम्यान ज्याक क्रलीले लिने सम्भावना छ । यद्यपि बलिङलाई सुदृढ पार्न चाहे स्टोक्सको स्थानमा युवा अलराउन्डर साम करनले खेल्नेछन् । यसो हुँदा इंग्ल्यान्डले जोफ्रा आर्चरको स्थानमा मार्क वुडलाई खेलाउन सक्छ । आर्चरले पहिलो टेष्टमा ४ विकेट लिएका थिए । इंग्ल्यान्डको टोलीमा अन्य परिवर्तनको सम्भावना कम छ ।

म्यानचेस्टरमा दुई स्पिनरका साथ मैदान उत्रेको पाकिस्तान साउथह्याम्पटनमा यासिर शाहलाई मात्र खेलाउन सक्छ । याशिरले दुवै इनिङमा ४–४ विकेट लिएका थिए । पहिलो टेष्टमा शादबले ६० रन बनाउनुको साथै २ विकेट लिएका थिए । पाकिस्तान चार तीव्र गतिका बलरका साथ मैदान प्रवेश गर्ने सम्भावना पनि छ । शादबको स्थानमा अनुबभी तीव्र गतिका बलर सोहेल खानलाई खेलाउन सक्छ । खानले तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् ।

विकेटकिपर मोहम्मद रिजवानको स्थानमा पूर्वकप्तान शरफराज अहमदलाई मैदान उतार्न सक्छ । रिजवानले पहिलो टेष्टमा ३६ रन बनाएका थिए । पहिलो टेष्टमा दुवै कप्तान चल्न सकेका थिएनन् । पहिलो टेष्टमा १८ रन बनाएका कप्तान अजहर अलीलाई ठूलो इनिङ खेल्नै पर्ने दबाब छ । इंग्ल्यान्डका कप्तान जो रुटले पहिलो टेष्टमा पहिलो इनिङमा १४ र दोस्रोमा ४२ रन मात्र बनाएका थिए । रुटलाई सुरुवाती राम्रो सुरुवातलाई ठूलो इनिङमा बदल्न आवश्यक देखिन्छ ।

पहिलो इनिङमा राम्रो ब्याटिङ गर्दै ६९ रनमा आउट भएका उप कप्तान बाबर आजम पाकिस्तानका प्रमुख ब्याट्सम्यान हुन् । बाबरलाई आफ्नो टेष्टको २ हजार रन पूरागर्न ७६ रन आवश्यक छ । दोस्रो टेष्ट खेलमा इंग्ल्यान्डमा पाकिस्तानको इतिहास राम्रो छैन । सन् २००० यता इंग्ल्यान्डमा पाकिस्तानले दोस्रो टेष्ट खेल ४ पटक हार्दा १ पटक मात्र जितेको छ ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.