5 years ago
August 9, 2020
एजेन्सी – इंग्ल्यान्डका स्टार अलराउन्डर तथा उप-कप्तान बेन स्टोक्सले पाकिस्तानविरुद्ध तीन टेष्ट सिरिज अन्तर्गत बाँकी दुई खेल गुमाउने भएका छन् । पहिलो टेष्ट खेलमा शनिवार इंग्ल्यान्ड तीन विकेटले विजयी भएको थियो ।
स्टोक्सले पारिवारीक कारण टेष्ट सिरिज गुमाउने भएको इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । स्टोक्स यसै साता आफ्नो जन्मथलो न्युजिल्यान्ड जाने छन् । न्युजिल्यान्डका स्टोक्सका बाबु आमा बस्ने गर्दछन् । स्टोक्स नहुँदा इंग्ल्यान्डको टोलीलाई ठूलो घाटा लाग्ने र सन्तुलनमा असर पर्ने देखिन्छ । स्टोक्सको स्थानमा इंग्ल्यान्डले युवा अलराउन्डर साम करनलाई मौका दिने सम्भावना रहन्छ ।
दोस्रो टेष्ट अगष्ट १३ देखि साउथह्याप्टनमा सुरु हुने छ । तेस्रो तथा अन्तिम टेष्ट २१ अगष्ट देखि साउथह्याप्टनमा सुरु हुने छ । यस अघि वेस्टइन्डिजविरुद्ध तीन टेष्ट सिरिज २–१ ले जिताउन स्टोक्स नायक बनेका थिए । पाकिस्तानविरुद्ध पहिलो खेलमा भने स्टोक्स चल्न सकेनन् । पहिलो इनिङमा शून्यमा आउट हुँदा दोस्रो इनिङमा ९ रन बनाउनुको साथै २ विकेट लिएका थिए ।
पाकिस्तानसँग इंग्ल्यान्डले तीन टि२० आई सिरिज पनि खेल्ने छ । त्यसको लागि इंग्ल्यान्डले सीमित ओभरको फरक टोली घोषणा गर्न सक्ने अनुमान गरिएको छ । आयरल्यान्डविरुद्ध तीन ओडिआई सिरिजमा इंग्ल्यान्डले वेस्टइन्डिजविरुद्ध टेष्ट सिरिजका खेलाडीलाई नसमेटी फरक टोली घोषणा गरेको थियो ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]