5 years ago
August 9, 2020
एजेन्सी – वेस्टइन्डिजको चर्चित क्यारेबियन प्रिमियर लिग (सिपिएल) सुरुहुन दुई साता भन्दा कम समय बाँकी छ । सिपिएलको आठौं संस्करण अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एण्ड टोबेगोमा हुँदैछ । सहभागि स्वदेश तथा विदेशका खेलाडी खेलस्थलमा पुगेर १४ दिनको क्वारेन्टाइनमा छन् ।
सिपिएल कोरोना महामारीपछिको पछि हुने पहिलो टि२० लिग हो । सिपिएल लगत्तै सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म इन्डियन प्रिमियर लिग (आइपिएल) यूएईमा हुनेछ । त्यसैले नेपाली लेग स्पिनर सन्दीप लामिछाने सहित धेरै विदेशी खेलाडी उतैबाट यूएई जाने छन् । सिपिएलमा ६ फ्रेन्चाइज टोली छन् । सर्वाधिक उपाधि जित्ने टोली ट्रीनबेगो नाइट राइडर्स हो । जसले तीन पटक उपाधि जितेको छ । सन् २०२० को सिपिएल उपाधिका दाबेदार तीन टोली यस प्रकार देखिन्छन् ।
३. गुयाना एमेजन वारियर्स
गुयाना एमेजन वारियर्स सम्पन्न सात संस्करण मध्य पाँच पटक फाइनलमा पुगेको छ । तर पाँचै पटक उप-विजेतामा सीमित हुनुको पिडा उसैलाई मात्र थाहा छ । वारियर्स सन् २०१७ र २०१५ बाहेक अन्य सबै संस्करणमा फाइनल सम्मको यात्रा तय गरेको थियो । यस संस्करणमा पनि कागजी रुपमा वारियर्स उपाधिको बलियो दाबेदार मानिन्छ । वारियर्समा वेस्टइन्डिजका आक्रमक ब्याट्सम्यान निकोलस पूरन, ब्रेन्डम किंग, न्युजिल्यान्डका अनुभवी रस टेलर र शिम्रन हेटमायर जस्ता चर्चित ब्याट्सम्यान छन् । यी सबै ब्याट्सम्यान निरन्तर क्रिकेट खेल्दै राम्रो प्रर्दशन गर्दै आएका छन् ।
अलराउन्डरतर्फ किमो पल र शेर्फेन रदरफोर्ड छन् । दुई स्पिनरको रुपमा दक्षिण अफ्रिकी अनुभवी इमरान ताहिर र अष्ट्रेलिया युवा स्टार क्रिस ग्रिन हुँदा बलिङ आक्रामण बलियो देखिन्छ । ग्रिन उत्कृष्ट लयमा छन् । अफगानिस्तानका नभिन उल हक, अमेरिका जस्दीप सिंह र ओडेन स्मिथ पनि बलिङ हतियारका रुपमा रहेका छन् । यस पटक अभागी टोलीको छाप अन्त्य गर्दै वारियर्स च्याम्पियन बन्न सक्छ ।
२. जमैका तलावाज
दुइ पटकको विजेता सन्दीप सम्मिलित जमैका तलावाज यस संस्करणको उपाधिको एक दाबेदार टोली हो । जमैका टोलीमा ब्याटिङ, बलिङ र अलराउन्डर तीनै क्षेत्र सन्तुलित छ । स्पिनरमा सन्दीपसँगै अफगानिस्तानका स्टार मुजिब उर रहमान छन् । यी दुवैले फ्रेन्चाइज लिग र अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च प्रर्दशन गर्दै पहिलो रोजाईमा पर्दै आएका छन् ।
तीव्र गतिको बलिङमा कार्लोस ब्रेथवेट र ओशान थोमस जस्ता विश्व प्रसिद्ध बलर छन् । आन्द्रे रसेल, ब्रेथवेट र पाकिस्तानका आसिफ अली जस्ता विश्व प्रसिद्ध ‘म्याच विनर अलराउन्डर’ हुँदा जमैका उपाधिको दाबेदार देखिन्छ । ब्याटिङमा ग्लेन फिलिप्स, रोभन पोवेल र चाडविक वाल्टन प्रमुख ब्याट्सम्यान छन् । जमैकाले सन् २०१३ र २०१६ को उपाधि जितेको थियो ।
१. ट्रीनबेगो नाइट राइडर्स
ट्रीनबेगो नाइट राइडर्स अनुभवी अलराउन्डरले भरिएको प्रमुख उपाधिको दाबेदार टोली हो । यस टोलीमा धेरै अनुभवी खेलाडी छन् । जसले दबाबमा पनि उत्कृष्ट प्रर्दशन गर्न सक्छन् । काइरान पोलार्ड, डरेन ब्राभो, ड्वेन ब्राभो, सिकन्दर राजा र सुनिल नारायण जस्ता विश्व प्रसिद्ध ‘म्यान विनर’ अलराउन्डर छन् । ब्याटिङमा कोलिन मुनरो, लेन्डल सिमन्स, टीम सिफर्ट जस्ता चर्चित ब्याट्सम्यान छन् ।
अर्कोतर्फ भारतीय अनुभवी ४८ वर्षिय स्पिनर प्रविन ताम्बे पनि यसै टोलीमा छन् । टोली सन्तुलित र अनुभवी हुँदा उपाधिको प्रमुख दाबेदार देखिन्छ । ट्रीनबेगाले २०१८, २०१७ र २०१५ मा उपाधि जितेको थियो ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]