5 years ago
August 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – विश्व यतिबेला कोरोना महामारीविरुद्ध लडि रहेको छ । त्यसको मार खेलकुद क्षेत्र र गतिविधीमा नराम्रोसँग परेको छ । नेपालमा ६ महिना यता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेको छैन ।
यो सबका बाबजुद धुर्मुस सुन्तली फाउन्डेसनले चितवन भरतपुरको शान्तिपुरमा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य रोकिएको छैन । कोरोना महामारीको कठिन समयमा विभिन्न अभाव र संकटकाबीच पनि निरन्तर काम जारी रहेको छ ।
सम्पूर्ण नेपालीको साथ, सहयोग, हैसला र प्रेरणाले रंगशाला निर्माण कार्य निरन्तर अगाडि बढि रहेको फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) बताउँछन् । कोरोना महामारीको कारण चैत्र ९ गतेदेखि वैशाख २० गतेसम्म रंगशाला निर्माण कार्य रोकिएको थियो । वैशाख २० पछि आंशिक रुपमा सिमित जनशक्तिबाट निर्माण कार्य सुरु भएको थियो । अहिले रंगशाला निर्माणमा १ सय ५१ जना भन्दा बढी जनशक्ति दिनरात खटि रहेका छन् ।
‘लकडाउनको अवस्थामा निर्माण सामाग्री जुटाउन हामीले धेरै गाह्रो परेको थियो । तर कठिन परिस्थितीको बाबजुत हामीले कामलाई अगाडि बढाइरहेका छौं । एकातिर आर्थिक संकट र अर्कोतर्फ स्रोत अभावको बिचमा पनि हामी एक अठोट संकल्पको साथ देशको प्रतिष्ठा गौतम बुद्ध रंगशाला निर्माण अभियानमा निरन्तर छौं’, धुर्मुसले भने ।
३० हजार समर्थक अट्ने क्षमता भएको यस रंगशाला विशेष त सिंगो देशको प्रतिष्ठासँगै राष्ट्रिय एकताको परियोजना समेत हो । यस निर्माणधीन रंगशालामा सिंगो देश हेर्न सकिन्छ । योजनामा ७७ वटा कोठा छन् । पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म, झापा सुनसरी हुँदै कैलाली कञ्चनपुर सम्मको जिल्लाहरुलाई समेटेर ७७ वटा कक्ष निर्माणाधीन छन् । रंगशालाको छतमा ७७ वटै कमलका पत्ताहरु छन् । सात प्रदेशको प्रतिनिधित्व हुनेगरि फरक फरक गेट छन् । नेपालको धार्मिक, प्राकृतिक, सांस्कृतिक, मौलिक सम्पदा झल्किने गरि रंगशाला निर्माण भइरहेका छ ।
कोरोना मात्र होईन बर्खा समयको कारण आकाशबाट आउने भन्दा जमिनमुनीबाट मूल फुटेर आउने पानीले बढि दुःख दिएको धुर्मुस बताउँछन् । २४ घण्टानै १९ वटा पम्पबाट बाहिर फाल्दै निरन्तर रंगशाला निर्माण भई रहेको छ । अन्तर्राष्ट्रिय खेल मैदानको ८५ प्रतिशत काम सकिएको छ । जसमा सात मुख्य पिच छन् । बर्खा समय भएको हुँदा पिचको माटो हाल्न र आउट फिल्ट सम्माउन मात्र बाँकी छ । बर्खा सकिँदै बितिक्कै निर्माण सुरु हुँने छ ।
पिचलाई आवश्यक पर्ने माटोलगभग तयार भई सकेको छ । माटोलाई पिटेर राखिएको छ । धुर्मुसका अनुसार अहिले प्यारापिटको काम भई रहेको छ । प्यारापिटको जग ढलान कार्य ४० प्रतिशत सकिएको छ ।
रंगशालाको लागि चाहिने २० लाख लिटर पानी अट्ने ट्यांकी निर्माण लकडाउन अगाडिनै सकिएको थियो । नमुना मैदान लकडाउन अघि नै तयार भएको थियो र थुप्रै खेल संचालन भइसकेका छन् । राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरि तीन पिच रहेको नमुना मैदान अवस्था सामान्य हुँदा बितिक्कै खुल्ने छ । राष्ट्र निर्माण अभियान नेपाली दक्ष जनशक्तिबाटै बनोस भन्ने धुर्मुस चाहान्छन् । गौतमबुद्ध रंगशाला मात्र नभएर हरेक नेपालीको मन, भावना, आशा र खुसी ठडिरहेको धुर्मुस बताउँछन् ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]