5 years ago
August 9, 2020
एजेन्सी – पाकिस्तानविरुद्ध पहिलो टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्डले रोमाञ्चक जित निकाल्दै तीन टेष्ट सिरिजमा १–० को अग्रता कायम गरेको छ ।
शनिबार राती चौथो दिन एक समय हार नजिक पुगेको इंग्ल्यान्ड तल्लोक्रमका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गरेपछि तीन विकेटले विजयी भएको छ । २ सय ७७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ८२.१ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो ।
एक समय ११७–५ को अवस्थामा पुगेको इंग्ल्यान्डलाई छैटौं विकेटका लागि क्रिस वोक्स र जस बटलरले १ सय ३९ रनको उत्कृष्ट साझेदारी गर्दै जितसम्म पुर्याएका थिए । इंग्ल्यान्डको जितमा नायक बनेका क्रिस वोक्स १ सय २० बलमा १० चौका सहित ८४ रनमा अविजित रहे । बटलरलाई ७७.५ ओभरमा स्पिनर यासिर शाहले ७५ रनमा एलबिडब्लू आउट गर्दै साझेदारी तोडेका थिए । बटलरले १ सय १ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।
ओपनर रोरी बर्न्स १० र डोम सिब्ले ३६ रनमा आउट भए । रोरीलाई मोहम्मद अब्बासले एलबिडब्लू आउट गरे । सिब्लेलाई यासिरले असाद शफीकबाट क्याच गराए । कप्तान जो रुटलाई नसिम शाहले बाबर आजमबाट ४२ रनमा क्याच गराएपछि इंग्ल्यान्ड दबाबमा परेको थियो । रुटले ८४ बलरमा ७ चौका प्रहार गरे । पहिलो इनिङमा खाता खोल्न नसकेका बेन स्टोक्सलाई यासिरले विकेटकिपर मोहम्मद रिजवानबाट ९ रनमा पेभिलिए फर्काए ।
ओली पोपलाई शाहिन अफ्रिदीले ७ रनमा आउट गरेपछि पाकिस्तान जिततर्फ अघि बढेको थियो । तर बटलर र वोक्सबीचको साझेदारी तोड्न नसक्दा पाकिस्तान पराजित हुन पुगेको हो । पाकिस्तानका यासिर शाहले सर्वाधिक ४ विकेट लिए । मोहम्मद अब्बास, नसिम शाह र शाहिन अफ्रिदीले १–१ विकेट लिए ।
त्यसअघि दोस्रो इनिङमा पाकिस्तान ४६.४ ओभरमा १ सय ६९ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा उत्कृष्ट शतक प्रहार गरेका शान मसूदलाई स्टुअर्ट ब्रोडले विकेटकिपर जस बटलरबाट शून्यमा पेभिलिएन फर्काए । आबिद अली स्पिनर डोम बेसको बलमा ठूलो सट खेल्ने क्रममा क्रिस वोक्सबाट २० रनमा क्याच आउट भए । वोक्सले बाबर आजमलाई बेन स्टोक्सबाट ५ रनमा क्याच गराए । वोक्सले कप्तान अजहर अलीलाई १८ रनमा एलबिडब्लू आउट गर्दा पाकिस्तान ६३–४ को कमजोर अवस्थामा पुगेको थियो ।
असाद शफीक २९ र मोहम्मद रिजवान २७ रन जोड्दै केहि इनिङ उकास्ने प्रयास गरेका थिए । यासिर शाहले २४ बलमा ५ चौका र १ छक्का सहित ३३ रन जोडे । इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले सर्वाधिक ३ विकेट लिए । क्रिस वोक्स र बेन स्टोक्सले २–२ विकेट लिए । डोम बेस र जोफ्रा आर्चरको नाममा समान १ विकेट लिए ।
त्यसअघि इंग्ल्यान्ड पहिलो इनिङमा ७०.३ ओभरमा २ सय १९ रनमा अल आउट भएपछि १ सय ७ रनले पछि परेको थियो । इंग्ल्यान्डले दुबै ओपनर सस्तैमा गुमाएको थियो । मोहम्मद अब्बासले बेन स्टोक्सलाई शून्यमा बोल्ड आउट गरेपछि घरेलु टोली इंग्ल्यान्ड सुरुवातमै दबाबमा परेको थियो । कप्तान जो रुटलाई स्पिनर यासिर शाहले १४ रनमा पेभिलिएन फर्काए ।
युवा ब्याट्सम्यान ओली पोपले दबाबकाबीच १ सय १७ बलमा ८ चौका सहित महत्वपूर्ण ६२ रन जोडे । ओलीलाई नसिम शाहले शादब खानबाट क्याच गराए । बटलरलाई यासिरले ३८ रनमा बोल्ड आउट गरे । यासिरलेनै क्रिस वोक्सलाई १९ र डोम बेसलाई १ रनमा पेभिलिएन पर्काए । अर्का स्पिनर शादब खानले जोफ्रा आर्चरलाई १६ र जेम्स एन्डरसनलाई ७ रनमा आउट गरे ।
स्टुअर्ट ब्रोड २५ बलमा ४ चौका र १ छक्का सहित २९ रनमा अविजित रहे । पाकिस्तानका यासिर शाहले सर्वाधिक ४ विकेट लिए । शादब खान र मोहम्मद अब्बासले २–२ विकेट लिए । शाहिन अफ्रिदी र नसिम शाहको नाममा १–१ विकेट रह्यो ।
पाकिस्तान पहिलो इनिङमा १०९.३ ओभरमा ३ सय २६ रनमा अल आउट थियो । मसूदले ३ सय १९ बलमा १८ चौका र २ छक्का सहित १ सय ५६ रनको उत्कृष्ट इनिङ खेले । जसक्रममा उनले दुइ पटक जीवनदान पाएका थिए । १६ औं ओभरको पहिलो बलमा ओपनर आबिद अलीलाई जोफ्रा आर्चरले १६ रनमा बोल्ड आउट गरे । ५० औं ओभरको अन्तिम बलमा जेम्स एन्डरसनले बाबर आजमलाई सिलिपमा कप्तान जो रुटबाट ६९ रनमा क्याच आउट गराए ।
बाबरले १ सय ६ बलमा ११ चौका प्रहार गरे । तेस्रो विकेटका लागि बाबर र मसूदले ९६ रनको साझेदारी गरेका थिए । स्पिनर डोम बेसले रुटबाट शादब खानलाई ४५ रनमा क्याच गराए। शादबले ७६ बलमा ३ चौका प्रहार गरे । इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र जोफ्रा आर्चरले ३–३ विकेट लिए । क्रिस वोक्सले २, जेम्स एन्डरसन र डोम बेसले १–१ विकेट लिए । तीन टेष्ट सिरिज अन्तर्गत दोस्रो खेल अगष्ट १३ देखि साउथह्याप्टनमा सुरु हुने छ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]