5 years ago
August 8, 2020
पोखरा (हाम्रो खेलकुद) – पर्यटकीय शहर पोखरामा निर्माण हुन लागेको पशुपतीघाट क्रिकेट रंगशालाको विस्तृत परियोजना विवरण ‘डिपिआर’ तयार भएको छ । रंगशाला गण्डकी प्रदेश सरकारको लगानीमा पोखरा महानगरपालिका वडा नं ३३ स्थित सेतनदिको किरान पशुपतीघाटमा निर्माण हुने छ ।
पशुपतीघाटको १ सय ७४ रोपनी जग्गा प्रदेश सरकारले भोगाधिकार प्राप्त गरेपछि रंगशाला निर्माणका लागि पहल शुरु भएको हो । रंगशाला समर्थक क्षमता झण्डैं २० हजार हुने छ । पहिलो चरणको काम सेती नदिको कटान नियन्त्रण हुने छ । रंगशाला निर्माणको लागि १० करोड भन्दा बढी खर्च लाग्ने अनमुान गरिएको छ ।
‘सेती नेदिको किनारमा छ । एक छेउबाट नदी बग्ने छ । अर्कोतर्फ हिमालहरु देखिन्छन् । यस मैदान नजिकै पानीको मुल (मुहान) छ । निर्माणपछि मैदान अभ्यास र इन्डोरको लागि उत्तम देखिन्छ’, लामो समयदेखि फोटो पत्रकारीता गर्दै आएका सुदर्शन रञ्जितले हाम्रो खेलकुदसँग भने । रञ्जितका अनुसार धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा गौतम बुद्ध रंगशाला निर्माण गर्नुअघि यस मैदानको पनि अवोलोकन गरेका थिए ।
पोखरा रंगशालमा रहेको क्रिकेट मैदानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता भईसकेका छन् । दुई संस्करणका पोखरा प्रिमियर लिग (पिपिएल) प्रतियोगिता सम्पन्न भइसकेको छ । गत मंसिरमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला टि२० खेल पोखरा रंगशाला क्रिकेट मैदानमै भएका थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको क्रममा अभ्यास पनि पोखरा रंगशाला क्रिकेट मैदानमै गरेको थियो । पोखरा रंगशालामा रहेको क्रिकेट मैदानको पिच र हिमाललाई लिएर निकै चर्चा हुने गर्दछ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]