5 years ago
August 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तानका स्टार स्पिनर मुजिब उर रहमानले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजबाट खेल्ने भएका छन् ।
दक्षिण अफ्रिका स्पिनर तरबेज शाम्सी कोरोना महामारीको कारण उडान प्रतिबन्धको कारण सिपिएल खेल्न नसक्ने भएपछि मुजिबले जमैकाबाट खेल्ने भएका हुन् । १९ वर्षिय मुजिब विश्वस्तरिय स्पिनर हुन् । मुजिबले अफगानिस्तान र विश्वका चर्चित फ्रेन्चाइज लिगमा उच्च प्रर्दशन गर्दै आएका छन् । मुजिबको आगमनले जमैकाको बलिङ झनै मजबुत बन्ने छ ।
सिपिएल भदौ २ देखि २५ सम्म ट्रीनिडाड एण्ड टोबेगोमा हुँदै छ । सिपिएल खेल्न सन्दीप एक हप्ता अघि त्यसतर्फ लागिसकेका छन् । सन्दीपलाई अक्सनमा जमैकाले एक करोड भन्दा बढि मूल्यमा अनुबन्ध गरेको थियो । जमैकाले सिपिलएलमा दुई पटक उपाधि जितेको छ । सन् २०१३ को पहिलो संस्करण र २०१६ मा उपाधि जितेको थियो ।
दुवै पटक फाइनलमा जमैकाले गुयाना एमेजन वारियर्सलाई हराएको थियो । जमैकामा आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, ओशन थोमस जस्ता स्टार खेलाडी छन् । सिपिएलमा दुइ सेमिफाइनल र एक फाइनल गरि कुल ३३ खेल हुने छन् । सबै खेल समर्थक विनाको रंगशालामा हुने छ ।
जमैकाले अगष्ट १९ मा सेन्ट लुसिया जुक्सविरुद्ध खेल्दै सुरुवात गर्ने छ । २० अगष्टमा जमैकाले ट्रीनबेगो नाइट राइडर्सविरुद्ध खेल्ने छ । २२ अगष्टमा गुयाना एमेजन वारियर्सविरुद्ध खेल्ने छ । २५ अगष्टमा पुन गुयानासँग खेल्ने छ । २६ अगष्टमा बार्बाडोस ट्राइडेन्ट्सविरुद्ध खेल्ने छ । २९ अगष्टमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्सविरुद्ध खेल्ने छ ।
१ सेप्टेम्बरमा ट्राइडेन्ट्सविरुद्ध खेल्ने छ । ३ सेप्टेम्बरमा पेट्रीयट्सविरुद्ध खेल्ने छ । सेप्टेम्बर ५ मा बार्बाडोसविरुद्ध खेल्ने छ । लिग चरणको अन्तिम खेलमा लुसिया जुक्सविरुद्ध खेल्ने छ । शीर्ष चारमा पर्न सकेमा सेप्टेम्बर ८ मा सेमिफाइनल खेल खेल्ने छ । फाइनल १० सेप्टेम्बरम हुँने छ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]