5 years ago
August 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीले भदौ १ गते देखि गर्ने भनेको बन्द प्रशिक्षण तत्काल नहुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भदौ १ गतेदेखि प्रशिक्षण थाल्ने र २२ देखि २४ खेलाडी प्रशिक्षणमा बोलाउने तयारी गरेको थियो ।
प्रशिक्षणकै लागि टीयू मैदानभित्र परिसरमै क्वारेन्टाइन, खाना र बस्ने ब्यवस्था गर्ने जनाएको थियो । खेलाडी र टीयू मैदानका सबै कर्मचारीको कोरोना परिक्षण पिसिआर गर्ने बताएपनि अन्तिममा नगर्ने जनाएको छ । पिसिआर परिक्षण क्यानको पहलमा स्वास्थ्य मन्त्रालयले गर्ने जनाएको थियो । बिहीबार क्यानले आगामी दुई महिनासम्म प्रशिक्षण गर्न नसकिने जनाएको छ ।
‘हामीले प्रशिक्षण सार्नुपरेको छ । मुख्यत: आगामी पाँच महिना सम्म कुनै अन्तर्राष्ट्रिय खेल छैन । अर्कोतर्फ काठमाडौंमा ७–८ जना मात्र खेलाडी छन् । धेरै खेलाडी काठमाडौं बाहिर छन् । कोरोनापनि पछिल्लो समय बढ्दै गएको छ । जसको कारण असोज अन्तिम अघि प्रशिक्षणको सम्भावना रहँदैन’, क्यानका सचिव अशोकनाथ प्याकुरेलले हाम्रो खेलकुदसँग भने ।
‘आइसिसीले पछिल्लो पटकको कुराकानीमा डिसेम्बर अघि नेपालको कुनै अन्तर्राष्ट्रिय खेल नभएको जनाएको छ । पाँच महिनासम्म प्रशिक्षण गरिराख्ने कुरा भएन । अर्कोतर्फ कोरोनाको कारण थुप्रै चुनौती छन् । त्यसैले हामीले प्रशिक्षण सारेका छौं’, उनले भने ।
केहि समयअघि क्यानले ६ महिना देखि खेलाडी प्रशिक्षण बाहिर हुँदा लयमा ल्याउनको लागि बन्द प्रशिक्षण थाल्ने जनाएको थियो । राष्ट्रिय टोलीले अन्तिम पटक पछिल्लो समय फागुनमा थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० प्रतियोगिता खेलेको थियो । सेप्टेम्बरमा नामिबियामा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको प्रस्तावको चर्चा चलेपनि क्यानले औपचारिक पुष्टि गरेको थिएन ।
क्यानले दुई महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगिता र खेल नभएमा घरेलु क्रिकेटमा जोड दिने बताएको छ । विदेशी प्रशिक्षकको लागि पनि पहल जारी राख्ने जनाएको छ । हाल सबै अवस्था हेर्दा आगमी दुई महिना अघि सम्म नेपालले विदेशी प्रशिक्षण पाउने सम्भावना देखिदैन ।
नेपालले यस वर्ष खेल्ने तालिका रहेका विश्वकप लिग-२ का तीन त्रिकोणात्मक सिरिज स्थगित भएसँगै यो वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता र खेलको सम्भावना कम रहेको छ । डिसेम्बरमा बंगलादेशमा इमर्जिङ टिम्स एसिया कप एकदिवसिय खेल्न बाँकी छ । त्यो पनि कोरोनाको कारण हुने-नहुने अन्यौल छ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]