5 years ago
August 6, 2020
एजेन्सी – युवा ब्याट्सम्यान तथा उप कप्तान बाबर आजमले आफ्नो उच्च लयलाई निरन्तरता दिएपछि इंग्ल्यान्डविरुद्ध पहिलो टेष्ट खेलमा पाकिस्तानले राम्रो सुरुवात गरेको छ ।
ओल्ड ट्राफर्ड म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको पाकिस्तानले पहिलो दिन ४९ ओभरमा २ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको छ ।
वर्षा र ब्याड लाइटको कारण पहिलो दिनको दोस्रो र तेस्रो सेसन भने प्रभावित बन्न पुग्यो । बाबर आजम १ सय बलमा ११ चौका सहित ६९ रनमा अविजित छन् । ओपनर शन मसुदले १ सय ५२ बलमा ७ चौका सहित ४६ रन बनाउँदै अर्ध शतक नजिक पुगेका छन् । तेस्रो विकेटका लागि बाबर र मसुदबीच ९६ रनको साझेदारी बनि सकेको छ ।
१६ औं ओभरको पहिलो बलमा जोफ्रा आर्चरले ओपनर आबिद अलीलाई १६ रनमा बोल्ड आउट गरे । आबिद बोल्ड आउट हुँदा पाकिस्तानले ३६ रन जोडेको थियो । आबिदले ३७ बलमा २ चौका प्रहार गरे । कप्तान अजहर अलीलाई क्रिस वोक्सले शून्यमा बोल्ड आउट गरे । इंग्ल्यान्डका जोफ्रा आर्चर र क्रिस वोक्सले १–१ विकेट लिएका छन् ।
इंग्ल्यान्डले अलराउन्डर बेन स्टोक्सलाई प्रमुख ब्याट्सम्यानको रुपमा खेलाएको छ । पहिलो दिन इंग्ल्यान्डका ६ बलरले बलिङ गरि सकेका छन् । तर स्टोक्सले गरेका छैनन् । यता पाकिस्तानले यासिर शाह र शादब खान गरि दुई स्पिनर मैदान उतारेको छ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]