5 years ago
August 5, 2020
एजेन्सी – इंग्ल्यान्डका कप्तान ओईन मोर्गनले भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीको कीर्तिमान तोडेका छन् । आयरल्यान्डसँगको तेस्रो तथा अन्तिम खेलमा मंगलबार राती मोगर्नले धोनीले कप्तानको रुपमा अन्तर्राष्ट्रिय क्रिकेट (टेष्ट, ओडिआई र टि२० आई) मा प्रहार गरेको सर्वाधिक छक्काको कीर्तिमान तोडेका हुन् ।
मोर्गनले आयरल्यान्डविरुद्ध ८४ बलमा १५ चौका र ४ छक्का प्रहार गर्दै १ सय ६ रन बनाएका थिए । मोर्गनले १२ औं ओभरको पाँचौ बलमा जोश लिटिललाई पुल सटमा उत्कृष्ट छक्का प्रहार गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानको रुपमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बने । धोनीले ३ सय ३२ अन्तर्राष्ट्रिय खेलमा २ सय ११ छक्का प्रहार गरेका थिए । तर मोर्गनले मात्र १ सय ६३ अन्तर्राष्ट्रिय खेलमा उक्त कीर्तिमान तोडेका छन् ।
आयरल्यान्डविरुद्ध अन्तिम खेलमा चार छक्का प्रहार गरेसँगै मोर्गनले कप्तानको रुपमा अन्तर्राष्ट्रिय क्रिकेट २ सय १५ छक्का प्रहार गरेका छन् । कप्तानको रुपमा सर्वाधिक छक्का प्रहार गर्ने तेस्रो नम्बरमा अष्ट्रेलियाका रिकी पोन्टिङ छन् । पोन्टिङले ३ सय २४ अन्तर्राष्ट्रिय खेलमा १ सय ७१ छक्का प्रहार गरेका छन् ।
चौथो स्थानमा न्युजिल्यान्डका पूर्व कप्तान ब्रेन्डम म्याकुलम छन् । म्याकुलमले १ सय २१ खेलमा १ सय ७० छक्का प्रहार गरेका छन् । पाँचौ नम्बरमा कप्तानको रुपमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान दक्षिण अफ्रिका पूर्व खेलाडी एबी डी भिलियर्सको नाममा छ । डी भिलियर्सले १ सय २४ खेलमा १ सय ३५ छक्का प्रहार गरेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलको नाममा छ । गेलले ४ सय ६२ अन्तर्राष्ट्रिय खेलमा कुल ५ सय ३४ छक्का प्रहार गरेका छन् । दोस्रो स्थानमा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको नाममा छ । अफ्रिदीले ५ सय २४ अन्तर्राष्ट्रिय खेलमा ४ सय ७६ छक्का प्रहार गरेका छन् । तेस्रो स्थानमा भारतीय ओपनर रोहित शर्मा छन् । शर्माले ३ सय ६४ अन्तर्राष्ट्रिय खेलमा ४ सय २३ छक्का प्रहार गरेका छन् ।
धोनी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यानको सूचिमा पाँचौ स्थानमा छन् । ५ सय ३८ अन्तर्राष्ट्रिय खेलमा धोनीले ३ सय ५९ छक्का प्रहार गरेका छन् । मोर्गन सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यानमा आठौं नम्बरमा छन् । उनले कुल ३ सय ४३ अन्तर्राष्ट्रिय खेलमा ३ सय २४ छक्का प्रहार गरेका छन् ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]