5 years ago
August 5, 2020
एजेन्सी– इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन टेष्ट सिरिज अन्तर्गत पहिलो खेल बुधबार देखि सुरु हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बाट ओल्ड ट्राफोर्ड म्यानचेस्टरमा सुरु हुनेछ ।
कोरोना महामरीपछि भएको पहिलो अन्तर्राष्ट्रिय टेष्ट सिरिजमा गत साता वेस्टइन्डिजलाई २–१ ले हराएको घरेलु टोली इंग्ल्यान्डको बलियो मनोबलमा छ । वेस्टइन्डिजविरुद्ध पहिलो खेल गुमाएपनि बाँकी दुई खेलमा उत्कृष्ट प्रर्दशनका साथ इंग्ल्यान्डले सिरिज जितेको थियो । तर इंग्ल्यान्डलाई घरेलु मैदानमा पाकिस्तानविरुद्ध टेष्ट सिरिज जोगाउन ठूलो चुनौती देखिन्छ ।
एक महिना अघिनै इंग्ल्यान्ड पुगेको पाकिस्तानले इंग्ल्यान्ड र वेस्टइन्डिजबीचको तीनै टेष्ट नजिकैबाट निकालेको छ । इंग्ल्यान्डको वातावरणसँग पनि राम्रोसँग घुलमिल भई सकेको छ जसको फाइदा उठाउन सक्छ । पाकिस्तान र इंग्ल्यान्ड दुवैको तीव्र गति बलिङ आक्रमण प्रमुख हतियार हुन् । पाकिस्तानको युवा र इंग्ल्यान्डका अनुभवी तीव्र गतिका बलर एक अर्काका ब्याट्सम्यानलाई घातक बन्न सक्ने अनुमान गरिएको छ ।
पाकिस्तानको ओपनिङ आबिद अली र शन मसुदले गर्ने छन् । तेस्रो नम्बरमा कप्तान अजहर अली र चौथो नम्बरमा बाबर आजमले गर्नेछन् । यी चार खेलाडीनै राम्रो लयमा छन् । बाबरको लय उच्च छ । बाबरले पछिल्लो पाँच टेष्ट इनिङमा तीन शतक प्रहार गरेका छन् । पाँचौ नम्बरमा असाद शफीकले गर्ने छन् । विकेटकिपरमा मोहम्मद रिजवानको बलियो सम्भावना छ ।
तीव्र गतिको बलरमा युवा खेलाडी नसिम शाह, शाहिन अफ्रिदी, मोहम्मद अब्बासलाई मैदान उतार्ने छ । युवा अलराउन्डर शादब खान र अनुभवी स्पिनर यासिर शाहले स्पिन युनिट समाल्ने छन् । बलिङमो नसिम र अफ्रिदी इंग्ल्यान्डलाई घातक बन्न सक्ने अनुमान गरिएको छ । बाबर आजम पाकिस्तानका प्रमुख ब्याट्सम्यान हुन् ।
यता इंग्ल्यान्डले आयरल्यान्डसँग ओडिआई खेलेको १२ घण्टाको अन्तरपछि टेष्ट सिरिज खेल्दैछ । तर टेष्ट सिरिज र ओडिआई सिरिजको लागि इंग्ल्यान्डले फरक टोली बनाएको छ । इंग्ल्यान्डको ओपनिङ रोरी बन्र्स र डोम सिब्लेले गर्ने छन् । तेस्रो नम्बरमा ज्याक क्रली र चौथो नम्बरमा कप्तान जो रुटले गर्ने छन् । पाँचौ नम्बरमा बेन स्टोक्स र छैटौं नम्बरमा युवा ब्याट्सम्यान ओली पोपले गर्ने छन् ।
सातौं नम्बरमा विकेटकिपर जस बटलरले गर्ने छन् । स्टुअर्ट ब्रोड , जेम्स एन्डरसन, जोफ्रा आर्चरलाई तीव्र गतिका बलिङ हतियार हुन् । युवा अलराउन्डर साम करनलाई मैदान उतार्ने सम्भावना छ । करनलाई मैदान उतार्न क्रिस वोक्स र मार्क उडलाई बेन्चमा राख्नुपर्ने हुन्छ । डोम बेस स्पिनरको रुपमा खेल्ने छन् ।
वेस्टइन्डिजविरुद्ध स्टुअर्ट ब्रोड र बेन स्टोक्सले उत्कृष्ट प्रर्दशन गरेका थिए । स्टुअर्ट २ खेलमा वेस्टइन्डिजविरुद्ध १६ विकेट लिनुको साथै ७३ रन बनाउँदै ‘प्लेयर्स अफ द सिरिज’ चुनिएका थिए । यता बेन स्टोक्सले दोस्रो टेष्टमा १ सय ७६ र ७८ रनको उत्कृष्ट इनिङ खेलेका थिए । सम्रगमा उनले उक्त सिरिजमा ३ सय ६३ रन बनाउनुको साथै ९ विकेट लिदै लिएका थिए । स्टोक्सको लय पाकिस्तानलाई घातक बन्न सक्छ ।
पाकिस्तानका दुई युवा तीव्र गतिका बलर नसिम शाह र शाहिन अफ्रिदी हुँदा उता इंग्ल्यान्डमा टेष्टका सफल अनुभवी बलर एन्डरसन र ब्रोड छन् । पाकिस्तानको ब्याटिङमा बाबर आजम र अजहर अली हुँदा इंग्ल्यान्डमा जो रुट र बेन स्टोक्स छन् । त्यसैले यस टेष्ट सिरिज निकै रोचक र कडा प्रतिस्पर्धाको आशा गरिएको छ ।
अर्कोतर्फ खेलाडीलाई टेष्ट वरियतामा सुधार गर्ने राम्रो अवसर पनि रहँने छ । बेन स्टोक्स र बाबर आजमलाई टेष्ट ब्याटिङको शीर्ष स्थानमा उक्लिने अवसर छ । हाल स्टोक्स चौथो र बाबर छैटौं स्थानमा छन् । त्यस्तै स्टुअर्ट ब्रोड बलिङमा तेस्रो स्थानमा छन् । उनलाई पनि शीर्ष स्थानमा उक्लिने सुनौलो अवसर छ । अन्य खेलाडीलाई पनि सुधार गर्ने राम्रो अवसरको रुपमा रहेको छ ।
दुवै देशलाई टेष्ट च्याम्पियनसिपमा अंक तालिका सुधार गर्ने अवसर छ । इंग्ल्यान्ड २ सय २६ अंकका साथ तेस्रो स्थानमा छ । पाकिस्तान १ सय ४० अंकका साथ पाँचौ स्थानमा छ । भारत ३ सय ६० अंकका साथ शीर्ष र दोस्रो स्थानमा रहेको अष्ट्रेलियाको २ सय ९६ अंक छ ।
एन्डरसन टेष्ट क्रिकेटमा आफ्नो करिअरको ६ सय विकेट पूरा गर्न ११ विकेटले टाढा छन् । इंग्ल्यान्डको शीर्षक्रम ब्याटिङ भन्दा पाकिस्तानको मजबुत देखिन्छ । समग्रमा कागजी रुपमा इंग्ल्यान्डभन्दा पाकिस्तान बलियो देखिन्छ ।
पाकिस्तान र इंग्ल्यान्डबीच ८३ टेष्ट खेल भएको छ । पाकिस्तान २१ खेलमा विजयी हुँदा २५ मा पराजित भएको छ । ३७ खेल बराबरी भएको छ । सन् २०१६ र २०१८ को इंग्ल्यान्ड भ्रमणमा पाकिस्तानले दुवै टेष्ट सिरिज बराबरी गरेको थियो । पाकिस्तान र इंग्ल्यान्डबीचको पछिल्लो पाँच टेष्ट सिरिजमा दुइ बराबरीमा सकिएका छन् । दुई सिरिज पाकिस्तान र एक इंग्ल्यान्डले जितेको छ । सन् २०१० पछि इंग्ल्यान्डसँग पाकिस्तानले टेष्ट सिरिज हारेको छैन ।
इंग्ल्यान्ड र पाकिस्तानबीच समान तीन टेष्ट र टि२० आई सिरिज हुँने छ । दोस्रो टेष्ट १३ अगष्ट देखि १७ सम्म साउथह्याप्टनमा हुँने छ । अन्तिम टेष्ट २१ अगष्ट देखि २५ सम्म साउथह्याप्टनमै चल्ने छ । अगष्ट २८, ३० र सेप्टेम्बर १ मा टि२० आई सिरिज खेल्ने कार्यतालिका छ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]