default_image

5 years ago

August 4, 2020

पाकिस्तानले इंग्ल्यान्डविरुद्ध टेष्ट सिरिज जित्न सक्ने ३ आधार

115 views

0 Bookmark

एजेन्सी– इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन टेष्ट सिरिज बुधबार देखि सुरु हुँदैछ । यसै साता वेस्टइन्डिजलाई तीन टेष्टमा २–१ ले हराएको घरेलु टोली इंग्ल्यान्ड बलियो मनोबलमा छ । तर इंग्ल्यान्डलाई घरेलु मैदानमा पाकिस्तानविरुद्ध टेष्ट सिरिज जोगाउन ठूलो चुनौती देखिन्छ ।

पाकिस्तान एक महिना अघिनै इंग्ल्यान्ड पुगेको थियो । पाकिस्तान र इंग्ल्यान्डबीच ८३ टेष्ट खेल भएको छ । पाकिस्तान २१ खेलमा विजयी हुँदा २५ मा पराजित भएको छ । ३७ खेल बराबरी भएको छ । जुन पाकिस्तानले टेष्टमा एकै टोलीसँग खेलेको सबैभन्दा धेरै खेल हो । सन् २०१६ र २०१८ को इंग्ल्यान्ड भ्रमणमा पाकिस्तानले दुवै टेष्ट सिरिज बराबरी गरेको थियो ।

पाकिस्तान र इंग्ल्यान्डबीचको पछिल्लो पाँच टेष्ट सिरिजमा दुइ बराबरीमा सकिएका छन् । दुई सिरिज पाकिस्तान र एक इंग्ल्यान्डले जितेको छ । सन् २०१० पछि इंग्ल्यान्डसँग पाकिस्तानले टेष्ट सिरिज हारेको छैन । इग्ल्यान्डसँगको तीन टेष्ट सिरिज पाकिस्तानले जित्न सक्ने ३ आधार यस प्रकार छन् ।

३. बाबरको उत्कृष्ट लय

पाकिस्तान र इंग्ल्यान्डको सिरिजमा दुुई ब्याट्सम्यानको प्रर्दशनले निकै महत्वपूर्ण प्रभाव पार्नेछ । पाकिस्तानका उपकप्तान बाबर आजम र इंग्ल्यान्डका कप्तान जो रुट यस सिरिजका प्रमुख ब्याट्सम्यान हुन् । पछिल्लो समय टेष्टमा प्रर्दशन रुटको भन्दा बाबर राम्रो छ । बाबरको पछिल्लो १० टेष्ट इनिङ क्रमशः ४९, २१, १, १०४, ९७, ८, १०२, ६०, १०० र १४३ छ ।

बाबरले पछिल्लो १० टेष्ट इनिङमा चार शतक प्रहार गरेका छन् । जसमा दुइ पटक अविजित थिए । रुटको पछिल्लो दश टेष्ट इनिङ क्रमशः ४८, ३५, ६१, २७, ५९, ५८, २३, २२, १७ र ६८ छ । रुटले पछिल्लो दश टेष्ट इनिङमा मात्र चार अर्धशतक प्रहार गरेका छन् । रुटले सुरुवात राम्रो गरेपनि अर्धशतक पछि शतक बनाउन संघर्ष गर्दै आएका छन् । बाबरको उत्कृष्ट लयलाई इंग्ल्यान्डका बलरले रोक्न कठिन पर्ने देखिन्छ । इंग्ल्यान्डको मैदानमा बाबर नायक बन्दै सिरिज जिताउन प्रमुख भूमिका खेल्न सक्छन् ।

२. पाकिस्तानको सन्तुलित बलिङ अट्याक

युवा खेलाडी शाहिन अफ्रिदी र नसिम शाह पाकिस्तानको तीव्र गतिका प्रमुख खेलाडी हुन् । ६.६ फिट अग्ला बायाँ हाते २० वर्षिय अफ्रिदी स्वीङ बलका लागु सिपालु छन् । उनले ८ टेष्टमा ३० विकेट लिई सकेका छन् । यता टेष्टमा सबैभन्दा कम उमेरमा ह्याट्रिकको कीर्तिमान बनाएका १७ वर्षिय नसिमले ४ टेष्टमा १३ विकेट लिएका छन् ।

यी दुई युवा खेलाडीलाई तीव्र गतिको बलिङ युनिटमा फहीम अशर्र्फ र वहाब रियाजले साथ दिने छन् । स्पिनरमा अनुभबी यासिर शाह छन् । युवा अलराउन्डर सादब खानले स्पिन बल र ब्याट दुबैबाट राम्रो योगदान दिने क्षमता राख्दछन् ।

१. बलियो ब्याटिङ

पाकिस्तानको ब्याटिङ लाइनअप इंग्ल्यान्डको भन्दा सन्तुलित, अनुभवी र बलियो छ । पाकिस्तानको ओपनिङ आबिद अली र शन मसुदले गर्ने सम्भावना छ । यी दुई मध्य एकले खराब प्रर्दशन गर्दा इमाम उल हक राम्रो विकल्प छन् । इंग्ल्यान्डको ओपनिङ रोरी बर्न्स र डोम सिब्लेले गर्ने छन् । इंग्ल्यान्डसँग ओपनरको विकल्प छैन । तुलनात्मक रुपमा इंग्ल्यान्डको भन्दा पाकिस्तानको ओपनिङ जोडी बलियो छ ।

तेस्रो नम्बरमा कप्तान अजहर अली र चौथो नम्बरमा बाबरले गर्ने छन् । यी दुवै उत्कृष्ट लयमा रहनुको साथै प्रमुख ब्याट्सम्यान हुन् । पाँचौ र छैटौं नम्बरमा असाद सफिक र शरफराज अहमदले गर्ने सम्भावना छ । इंग्ल्यान्डका जो रुट, ज्याक क्रली र ओली पोप प्रमुख ब्याट्सम्यान हुन् । क्रलीले वेस्टइन्डिजविरुद्ध ०, ११, १० र ७६ रन मात्र बनाएका थिए । पोपले वेस्टइन्डिजविरुद्ध सिरिजमा १२, १२, ७, १२ र ९१ रन बनाएका थिए ।

इंग्ल्यान्ड वेस्टइन्डिजविरुद्ध जित निकाल्ने क्रममा बेन स्टोक्सको ब्याटिङमा बढि निर्भर देखिएको थियो । इंग्ल्यान्डको प्रमुख ब्याट्सम्यानहरुमा रुट बाहेक अन्यमा टेष्टको राम्रो अनुभव छैन । त्यसैले दबाबमा रन जोड्न कठिन पर्ने देखिन्छ । जसले इंग्ल्यान्डको भन्दा पाकिस्तानको ब्याटिङ लाइनअप उत्कृष्ट देखिन्छ ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.