default_image

5 years ago

August 4, 2020

क्यानद्वारा प्रदेश र जिल्लालाई हालसम्मकै सर्वाधिक बजेट

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले जिल्ला र प्रदेशलाई हालसम्मकै सर्वाधिक बजेट उपलब्ध गराएको छ । क्यानले आइतबार आफ्ना ३९ मध्य २९ जिल्ला र ६ प्रदेशलाई तोकिएको रकम पठाएको हो ।

प्रत्येक जिल्लालाई ५० हजार र प्रदेशलाई १ लाखका दरले रकम पठाएको जनाएको छ । क्यानले इतिहासमा पहिलो पटक जिल्लालाई ५० हजार रुपैयाँ पठाएको हो । ‘हाम्रो प्रमुख लक्ष्य भनेको ग्रासरुट हो । बाँकी १० जिल्लाको खाता नम्बर आएको छैन र त्यसैले नपठाएका हौं । खाता नम्बर आउँदा बितिक्कै ती बाँकी जिल्लालाई पनि पठाउन छौं,’ क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले हाम्रो खेलकुदसँग भने ।

‘क्यानले पहिला जिल्लालाई प्रतियोगिता गर्न १० हजार रुपैयाँ मात्र दिने गर्थ्यो । क्यानलाई ग्रासरुटको पिडा र दुःख राम्रोसँग थाहा छ । त्यसैले हामीले कार्यालय सञ्चालन र प्रतियोगिताको लागि जिल्लालाई १ लाख र प्रदेशलाई ३ लाख दिने निर्णय गरेका थियौं । तर अहिले हामीले एक लाख भनेको ठाउँमा यो आर्थिक बजेटको हिसाबको कारण ५० हजार पठाएका हौं । त्यहिँ कारण प्रदेशलाई १ लाख पठाएका हौं । आगामी वर्षदेखि प्रदेशलाई तीन र जिल्लालाई एक लाखका दरले पठाउने छौं’, सिंहले भने ।

क्रिकेट संरचनामा कर्णाली प्रदेश पाँचमै गाभिएको छ । कर्णाली प्रदेशमा सुर्खेत मात्र क्रिकेट खेल्ने जिल्ला हो । क्रिकेट विकासका लागि क्यानले राष्ट्रिय र घरेलु सबै प्रतियोगितामा कर्णालीलाई खेल्न दिदै आएको छ । कर्णालीको कप्तानी युवा ब्याट्सम्यान रविन्द्र शाहीले गर्ने गर्दछन् । क्यानको संरचानामा भने कर्णाली प्रदेश पाँचसँग मिलेको छ ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.