5 years ago
August 4, 2020
एजेन्सी– अष्ट्रेलिया र वेस्टइन्डिजबीच अक्टोबरमा हुने तय भएको तीन टि२० सिरिज स्थगित भएको छ । कोराना महामारीका कारण स्थगित भएको सिरिज अष्ट्रेलियामा अक्टोबर ४, ६ र ९ मा हुने तालिका थियो ।
जुन सिरिजलाई अक्टोबर १८ देखि हुने टि२० विश्वकप अघि अभ्यासको रुपमा लिएको थियो । तर टि२० विश्वकप २०२१ सम्मलाई सरेपछि यस टि२० सिरिजलाई पनि उक्त समयमा गर्ने गरि स्थगित गरेको छ । यस टि२० सिरिज स्थगित भएसँगै इन्डियन प्रिमियर लिग (आइपिएल) को लागि खेलाडीलाई बाटो खुलेको छ ।
आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म यूएईमा हुँदैछ । १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुँदा उक्त सिरिज समयमै हुँदा अष्ट्रेलिया र वेस्टइन्डिजका खेलाडीले आइपिएल गुमाउनु पर्ने हुन्थ्यो । सिरिज स्थगित भएसँगै दुवै देशका खेलाडीले पूरै आइपिएल खेल खेल्न पाउने छन् ।
कोरोना महामारीको चार महिना पछि अन्तर्राष्ट्रिय क्रिकेट इंग्ल्यान्ड र वेस्टइन्डिजबीचको तीन टेष्ट सिरिजसँगै फर्केको थियो । इंग्ल्यान्डले आयरल्यान्डसँग तीन ओडिआई मध्य दुई खेल खेलेको छ । अन्तिम खेल मंगलबार खेल्दै छ । बुधबार देखि पाकिस्तान र इंग्ल्यान्डबीचको टेष्ट सिरिज सुरु हुनेछ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]