default_image

5 years ago

July 31, 2020

विश्वकप सुपर लिगमा इंग्ल्यान्डको सानदार सुरुवात

150 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर डेभिड विल्लीको उत्कृष्ट बलिङमा तीन ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको छ ।

यस सिरिजसँगै आइसिसी विश्वकप सुपर लिगको पनि सुरुवात भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको १ सय ७३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २७.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डका साम बिलिंग्स ५४ बलमा ११ चौका सहित ६७ रनमा अविजित रहे । कप्तान ओइन मोर्गनले ४० बलमा ४ चौका र २ छक्का सहित ३६ रनमा अविजित रहे ।

ओपनर जेसन रोयलाई क्रेग यौङले २४ रनमा एलबिडब्लू आउट गरे । जोनी बेयरस्टोलाई एन्डी म्याकब्रिनले २ एलबिडब्लू आउट गर्दै पेभिलिएन फर्काए । जेम्स भिन्स २५ र टम ब्यान्टन ११ रनमा आउट भए । आयरल्यान्डका क्रेग यौङले २, कर्टिस क्याम्पर र एन्डी म्याकब्रिनले १–१ विकेट लिए ।

त्यसअघि कोरोना महामारीपछि १ सय ३९ दिनपछि भएको पहिलो ओडिआई खेलमा साउथह्याप्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ४४.४ ओभरमा १ सय ७२ अल आउट भएको थियो । खराब प्रर्दशन गरेको आयरल्यान्डलाई पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका युवा अलराउन्डर कर्टिस क्याम्परले १ सय १८ बलमा ४ चौका सहित ५९ रनमा अविजित रहँदै सम्मानजनक योगफल सम्म पुर्याए । कर्टिस डेब्यु खेलमा अर्ध शतक र एक विकेट लिने विश्वका १७ औं खेलाडी हुन् ।

पहिलो ओभरको चौथो बलमा डेभिड विल्लीले ओपनर पल स्टर्लिङलाई कप्तान ओइन मोर्गनबाट २ रनमा क्याच आउट गराए । विल्लीले तेस्रो ओभरको पहिलो बलमा कप्तान एन्डी बलबीर्नीलाई जोनी बेयरस्टोबाट ३ रनमा क्याच गराए । पहिलो ओडिआई खेल खेलेका ह्यारी टेक्टरलाई सकीब महमुदले छैटौं ओभरको चौथो बलमा शून्यमा वोल्ड आउट गरे । ग्यारेथ डेलानीलाई विल्लीले टम ब्यान्टनबाट २२ बलमा क्याच आउट गराए । उनले १६ बलमा ५ चौका प्रहार गरे ।

विल्लीले लोर्कान टकरलाई शून्यमा एलबिडब्लू आउट गरेपछि आयरल्यान्ड ६.३ ओभरमा २८–५ को कमजोर अवस्थामा पुगेको थियो । कर्टिस क्याम्पर र केभिन ओ, ब्रायनले छैटौं विकेटका लागि ५१ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरेका थिए । तर स्पिनर आदिल रशिदले विल्लीबाट केभिनलाई २२ रनमा क्याच आउट गराए । सिमी सिंह शून्यमा रन आउट बन्न पुगे ।

आठौं विकेटका लागि कर्टिस र एन्डी म्याकब्रिनले महत्वपूर्ण ६६ रनको साझेदारी गरेका थिए । ३८ औं ओभरको अन्तिम बलमा टम करनलाई ठूलो सट खेल्नेक्रममा बिलिंग्सबाट एन्डी म्याकब्रिन ४८ बलमा ३ चौका र १ छक्का सहित ४० रनमा क्याच आउट हुन पुगे ।

डेभिड विल्लीले ८.५ ओभरमा २ मेडन सहित ३० रन खर्चेर ५ विकेट लिए । ओडिआईमा विल्लीले पहिलो पटक पाँच विकेट पूरा गरेका हुन् । सकीब महमुदले २, टम करन र आदिल रशिदले १–१ विकेट लिए । दोस्रो खेल शनिबार हुनेछ ।

यो खेलसँगै आइसिसी विश्वकप सुपर लिग पनि सुरुवात भएको छ । सन् २०२२ सम्म चल्ने सुपर लिगमा १२ टेष्ट टोली र नेदरल्यान्ड्स गरि कुल १३ देशले प्रतिस्पर्धा हुँने छ । लिगपछि भारत बाहेकका शीर्ष ७ टोलीले एक दिवसिय विश्वकपमा स्थान बनाउने छन् । पुचारका पाँच टोलीले छनोट खेल्नुपर्ने हुन्छ । भारत घरेलु टोली हुँदा सोझै विश्वकपमा पुग्ने छ । सबै टोलीले घरेलु मैदान र अवेमा समान चार सिरिज खेल्ने छन् । समग्रमा एउटा टोलीले कुल २४ खेल खेल्ने छ ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.