5 years ago
July 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर टीयू क्रिकेट मैदानमा रहेको विद्युत समस्याबारे जानकारी गराएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशनकुमार सिंह, केन्द्रिय सदस्य दुर्गाराज पाठक, राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट चुनिएका केन्द्रीय सदस्य छुम्बी लामा लगायत बुधबार मन्त्रालय पुगेर विद्युत समस्याबारे घिसिङलाई जानकारी गराएका थिए ।
क्यानले झन्डै डेढवर्ष देखि टीयूमा विद्युत समस्या भोग्दै आएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ठेक्का मार्फत विद्युत बनाएको थियो । तर त्यो दुइ तीन दिनभन्दा लामो समय टिक्न सकेन । क्यानले पछिल्लो समय जेनेटर मार्फत काम चलाउँदै आएको थियो ।
‘हामीले बुधबार घिसिङलाई भेटेर समस्याबारे जानकारी गरायौं । वहाँले तुरुन्त कार्यालय प्रमुखलाई फोन गरेर त्यसबारे बुझ्न भन्नुभयो । त्यसको एक घण्टामा विद्युतका कर्मचारी टीयू मैदानमा पुगेका थिए । कर्मचारीले ट्रान्समिटर नै बिग्रिएको जवाफ दिएका थिए’, सिंहले भने । बिहीबार पनि घिसिङले टीयूमा कर्मचारी पठाएका थिए ।
टीयू मैदान भित्र ट्रान्समिटर रहेको छ । सागमा फ्युज उड्ने समस्या धेरै भोग्नु परेको थियो । जुन अहिले भित्रैबाट जलेको प्राधिकरण कर्मचारीले बताएका छन् । घिसिङलाई भेटे बितिक्कै एक्सन लिएर कर्मचारी खटाएको सिंहले बताए । त्यसैले समस्या पनि चाडै समाधान हुने आशा क्यानले राखेको छ ।
क्यानले प्राधिकरणलाई विद्युत उपयोग नगरेको अवस्थामा पनि मासिक १३ हजार रुपैयाँ शुल्क तिर्दै आएको थियो । यस विषयमा पनि घिसिङलाई जानकारी गराएका थिए । यस विषयमा पनि उनी सकरात्मक रहेको र आगमी दिनमा प्रतिक्रिया आउने आशा क्यानले राखेको छ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]