default_image

9 years ago

August 22, 2016

अस्ट्रेलियासँग श्रीलंका ३ विकेटले हार्यो

91 views

0 Bookmark

कोलम्बो (एजेन्सी) – कप्तान स्टिभ स्मिथ र आरोन फिन्चले अर्धशतक बनाएपछि अस्ट्रेलियाले आइतबार पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली श्रीलंकामाथि ३ विकेटको जित हासिल गरेको छ ।

steve smith

टस हारेर पहिले ब्याटिङको लागि निम्ताइएको श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । अस्ट्रेलियाले४६.५ ओभरमा ७ विकेटको क्षेतिमा आवश्यक २ सय २८ रन बनाएको थियो । जितसँगै पाँच एक दिवसिय श्रृखंलामा अस्ट्रेलियाले १–० को अग्रता लिएको छ । त्यसअघि मिचेल स्टार्क र जेम्स फल्कनरले सात विकेट एक आपसमा बाडेपछि श्रीलंकाले मध्यम स्कोरमात्र बनाउन सक्यो । १० ओभरमा ३२ रन दिएर ३ विकेट लिएका स्टार्कका लागि त्यो खेल विशेष रह्यो ।

श्रीलंकाका ओपनर कुशल परेरालाई १ रनमा आउट गर्दै स्टार्कले विकेट लिन सुरु गरेका थिए । धनन्जय डी सिल्भालाई २ रनमा आउट गरेपछि स्टार्कले सबैभन्दा छिटो एक दिवसिय क्रिकेटमा सय विकेटछ लिने लिने खेलाडी बनेका छन् । उनले दुई दशकअघिको पाकिस्तान सक्लिन मुस्ताकको कीर्तिमानलाई भंग गरेका थिए । एकै ओभरमा दुई विकेट लिएका फल्कनरले ३८ रन खर्चेर ४ विकेट लिए । श्रीलंकाका लागि दीनेश चन्डिमालले सर्वाधिक ८० र कुशल मेन्डिसले ६७ रन जोडे ।

एक दिवसिय अघि चार टेस्टको श्रृखंला ३–० गुमाएको अस्ट्रेलियाले जारी श्रीलंका भम्रणमा प्राप्त गरेको यो पहिलो जित हो । अस्ट्रेलियाले ओपन डेभिड वार्नरलाई (८) सस्तैमा गुमाए पनि अर्का ओपनर फिन्चले राम्रो सुरुआत दिलाएका थिए । उनले ४६ बलमा ७ चौकाका साथ ५६ रन बनाए । स्थिमले ९२ बलमा ५ चौका साथ ५८ रन थपे । स्थिम र जर्ज बेली (३९ रन)ले चौथोका विकेटका लागि ६२ रनको महत्वपूर्ण साझेदार गर्दै टोलीलाई जिततर्फ अग्रसर बनाएका थिए । श्रीलंकाले दिलरुवान परेराले ३ र लक्षण सान्दाकानले २ विकेट लिएका थिए । दोस्रो एक दिवसिय बुधबार कोलम्बोमा हुनेछ ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.